मणिपुर हिंसा रोक्न दार्जिलिङ इसाई समुदायले ग¥यो प्रार्थना सहित शान्तिपूर्ण विरोध

साउन २२ (२०८०) दार्जिलिङ
केहि महिना यता भारतको मणिपुरमा कुकी र मैतेइ समुदाय बीच भट्कीएको जातीय हिंसा रोकियोस् भनि दार्जिलिङ पहाडका मण्डलीहरु मिलेर शान्ति ¥यालि सहित प्रार्थना गरेका छन् ।


गत शुक्रबार दार्जिलिङ रेलवय स्टेशनबाट शान्ति ¥याली सुरु गरेर दार्जिलिङको मुख्य स्थान चौरास्थामा कार्यक्रम गरी प्रार्थना सहित शान्तिपूर्ण विरोध जनाएका हुन् ।


मणिपुरमा दुई जाती समुदाय बीच भट्कीएको जातिय दंगाको कारण धेरै महिला तथा बालबालिकाहरुले ज्यान गुमाउनु परेको छ भने धेरै जना विस्तापित भएका छन् । चर्च, मन्दिर र सयौँ घरहरु जलेका छन् ।


मणिपुर हिंसा छिटो रोकियोस् र मणिपुरका जनताहरुको जीवनयापन पहिलेको अवस्थामा फर्कियोस् भनी दार्जिलिङका मण्डलीहरुले प्रार्थना सहित शान्तिपूर्ण ¥यालिको आयोजना गरेको पास्टर अमित सिङ्गोकले जानकारी दिनुभयो ।


शान्तिको लागि प्रार्थना सहित हिंसात्मक गतिविधि वन्द गर्न आग्रको लागि आयोजना गरेको कार्यक्रममा दार्जिलिङका बरिष्ठ पास्टर ज्यूहरु, क्याथोलिक समुदायबाट विसप ज्यूहरु लगायत एक हजार भन्दा बढि संख्यामा सहभागी रहेको थियो ।


मणिपुरमा बहसंख्यक रुपमा रहेको मैतेइ समुदायले आफूले पनि सरकारबाट जनजातीको मान्यता पाउने भन्ने माग अनुसार दुई समुदावीच द्वन्द सृजना भएको हो । मइतेई समुदाय बहुसंख्यक छ भने उनीहरु अधिकांस हिन्दु छन् । त्यसैगरी कुकी समुदाय जनजाती समुदाय हो भने त्यहाँ अधिकांस ख्रीष्टियन छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button