मनिपुर द्वन्दमा कुकी समुदायकी दुई ख्रीष्टियन महिलालाई बलत्कार गरेकोमा बेलायतमा विरोध

साउन १२ (२०८०) मनिपुर
केहि महिना यता भारतको मनिपुरमा जातिय द्वन्द सृजना भएको छ । त्यहाँ जनजाति समुह कुकी समुदाय र बहसंख्यक मइतेइ समुदाय बीच जातीय द्वन्द भइरहेको छ ।


हिन्दु बाहुल्यता रहेको मईतेई समुहले कुकी समुदायकी दुई ख्रीष्टियन महिलालाई नग्न स्वरुपमा बजार घुमाएको र सामुहिक बलत्कार गरेको भिडियो सामाजिक सञ्जालमा देखिएपछि विश्वको ध्यान मनिपुरतिर केन्द्रित भएको छ ।


मईतेइ समुदायले जगन्य अपराध गरेको भन्दै बेलायतमा रहेका कुकी ख्रीष्टियन समुदायले बेलायती संसद र लण्डनस्थित भारतीय उच्च आयोग अगाडि विरोध प्रदर्शन गरेका छन् ।


बहसंख्यक रुपमा रहेको मईतेइ समुदायले आफूले पनि सरकारबाट जनजातीको मान्यता पाउने भन्ने माग अनुसार दुई समुदावीच द्वन्द सृजना भएको हो । मइतेई समुदाय बहुसंख्यक छ भने उनीहरु अधिकांस हिन्दु छन् । त्यसैगरी कुकी समुदाय जनजाती समुदाय हो भने त्यहाँ अधिकांस ख्रीष्टियन छन् ।


नर्थ ईस्ट सपोर्ट नेटवर्कका महिलाहरू र अरू धेरैले बेलायती सहरका सडकमा उत्रिएर दुई क्रिस्चियन कुकी महिलाको मौन पीडाको प्रतीकमा मौन मार्च गरेर विरोध जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button