मन्त्री निवास परिसररमा सुन्दर बगैचा
ललितपुर, ७
ललितपुरको पुलचोकस्थित मन्त्री निवास परिसरमा आरु, स्याउ, नास्पती लगायतका फल फलेका छन् । जाकाराण्डा नामक फूल फूलेर थफ सुन्दरता बडेको छ ।
मन्त्री निवासको लागि ७२ रोपनी जग्गामा निर्मित १९ वटा भवन परिसरमा फलफूल विकास केन्द्र कीर्तिपुरले ४ वर्ष पहिले रोपेका विरुवाहरु अहिले फल्न सुरु गरेका छन् ।
मन्त्री निवास व्यवस्थापन शाखाको इन्चार्ज किरण कुमार राईका अनुसार हाल मन्त्री निवासको गार्डेन रेखदेख गर्नको लागि १० जना मालीहरु छन् र उनीहरुले बोटविरुवा तथा फूलफूलहरुको रेखदेख गर्दै आएका छन् ।
ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेलकी मनकुमारी खड्का मन्त्री निवासमा मालीको काम गर्न थालेको २५ वर्ष पुगेको बताउछिन् । मनकुमारीले भनिन्, ‘म भन्दा अगाडि यहाँ काम गर्नेहरु यहाँ वर्षौ काम गरेर वित्नुभयो । मैले पनि करारमा काम गरेको वर्षौ वित्यो ।’
अर्का ४२ वर्षीय रबिन महर्जन पनि मन्त्री निवासका भवनहरुको फर्निचर सम्बन्धि रिपेरिङ को काम गछन् । रबिन महर्जन भन्छन्, ‘मेरो बुवा गोपाल महर्जनले मन्त्री निवासमा काम गरेर वर्षौं विताउनुभयो । बुवाको निधनपछि म अहिले यहाँ काम गर्दैछु मैले काम गर्न थालेको पनि १० वर्ष पुग्यो ।’
रुखमा लटरम्म फलेर पाकेका आरु नटिपेपछि भूँइमा झरेका छन् । स्याउ नास्पती, अनार लगायतका अन्य फलहरु फलेका छन् तर पाक्ने सिजन अझै भएको छैन । जाकारण्डा लगायत अन्य विभिन्न फूलहरु फूलेर मन्त्री निवास परिसरको थप सोभा बढाएको छ ।
तरकारी रोपेर फलाउन सक्ने ठाउँ प्रत्येक निवासमा छ तर अहिले ती सबै ठाउँमा घाँस उम्रेको छ । रिपेरिङको काम गर्ने हर्जुन महर्जन भन्छन्, ‘कतिपयले तरकारी रोपेका पनि हुन्छन् तर पटक पटक मन्त्री फेरिने भएकाले त्यसकालाई निरन्तरता दिदैनन् ।’ मन्त्री निवास व्यवस्थापनका इन्चार्ज किरण राइ भन्नुहुन्छ, ‘२०२८ सालमा निर्माण भएको मन्त्री निवास पुरानो र जीर्न अवस्थामा छ । पटक–पटक मर्मत गरिरहेका छौँ । कतिपयमा पानी समेत चुहिने भएकाले पटक–पटक मर्मत गरेर भएपनि सञ्चालनमा ल्याएका छौँ ।पुल्चोकमा २०२८ सालमा १४ वटा मन्त्री निवास बनाइएको थियो । त्यसपछि २०५४ सालमा सरकारले ५ वटा भवन थप गरेको थियो । ललितपुरकै भैँसेपाटीमा मन्त्री निवासको लागि २४ वटा भवन निर्माण गरेको छ । मन्त्री निवास भैँसेपाटी सरेपछि पुलचोकमा रहेको पुरानो मन्त्री निवासलाई के बनाउँने भन्ने अझै टुङ्गो छैन ।,–––