मलेसियामा पिताको पाठशाला सम्बन्धि तालिम सम्पन्न
असोज ४ ।। मलेसियामा पिताको पाठशाला नामक पाँच हप्ते तालिम सम्पन्न भएको छ । डि.यु.एम. सि नेपाली चर्च, र के.ए.ओ.जी नेपाली चर्चमा उक्त तालिममा सहभागी ९० जना मंगलबार दिक्षान्त हुनुभएको हो ।
पिताको पाठशाला नामक तालिम विशेषगरी एउटा बुवाले आफ्नो परिवारको जिम्मेवारी कसरी उठान सक्छ ?, कसरी असल परिवार निमार्ण गर्न सक्छ भन्ने विषयमा केन्द्रित रहेको तालिम हो ।
विशेषगरी रोजगारीको लागि प्रवासमा रहेका नेपालीहरु परिवारदेखि टाढा भएकाले प्रवासबाट भएपनि परिवारको कसरी ख्याल गर्ने भन्ने विषयमा तालिममा सहभागी हुनेहरुले सिक्नुभएको छ ।
बाध्यताको कारण देश छोडेर प्रवासमा जाँदा धेरैको परिवारमा समस्या आउँने भएकाले पिताको पाठशाला तालिमले स्वदेशमा रहेका परिवार र रोजगारको लागि प्रवासमा रहेका अभिवाक अर्थात जिम्मेवारी व्यक्तिको सम्बन्धलाई नजिक बनाउने प्रयास गरेको छ ।
पाँच हप्तासम्म सञ्चालन भएको उक्त पिताको पाठशाला तालिम छुट्टाछुट्टै दुई ठाउँमा भएको थियो । एक ठाउँमा ४० जना र अर्को ठाउँमा ५० जाना गरी जम्मा ९० जनाले यस तालमको लाभ उठाउनुभएको छ ।
तालिमको प्रशिक्षकको रुपमा हर्क बहादुर गुरुङ, जेवि भित्रकोटी र राजेश मगर रहनुभएको थियो । तालिमको व्यवस्थापन पास्टर प्रकाश बि.कले गर्नुभएको थियो ।