महिला पास्टरहरु बीच ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम
काठमाण्डौं, ३ पौष ।। काठमाण्डौँ उपत्यकामा रहेका विभिन्न चर्चमा सेवा गरिरहनुभएका महिला पास्टरहरुको आयोजनामा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आज बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी महिला पास्टरहरुले शुभकामना आदानप्रदान कार्यक्रम गर्नुभएको हो ।
ख्रीष्टमस नजिकिएसंगै महिला पास्टरहरु भेला भएर संगति सहित एक अर्कोको निम्ति प्रार्थना गर्दै शुभकामना आदानप्रदान गर्नुृभएको छ ।
केही थोरै संख्यामा रहेका महिला पास्टरहरुले चर्च स्थापना गरेर सेवाकाई गरिरहनुभएको छ । महिला पास्टरहरुले संगठित भएर आउने दिनहरुमा एकले अर्कालाई उत्साह र प्रार्थनाका साथ अघि बढ्ने लक्ष्य राख्नुभएको छ ।