महेन्द्र आदर्श मा.वि ले मनायो ६६ औं वार्षिकोत्सव


असार ३ (२०८०) ललितपुर
ललितपुरको महालक्ष्मि नगरपालिका वडा नं. ४ इमाडोलमा रहेको महेन्द्र आदर्श माध्यामिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालय स्थापनाकालको ६६ औँं वार्षिकोत्सव मनाएको छ ।


वि.सं २०१४ सालमा स्थापित आदर्श माध्यामिक विद्यालयले ६६ वर्ष पार गरेर ६७ औँ वर्षमा प्रवेश गरेको उपलक्षमा विविध कार्यक्रम सहित रक्तदान कार्यक्रम पनि आयोजना गरेको हो । वार्षिकोत्सवको विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थीहरुले रक्तदान गरेका छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर थापाको सभाध्यक्ष रहेको वार्षिकोत्सव कार्यक्रममा ललितपुर क्षेत्र नं. २ बाट निर्बाचित संघीय संसद प्रेम महर्जनको प्रमुख अतिथ्यता रहेको थियो भने, विशिष्ठ अतिथिको रुपमा बागमती प्रदेशसभा सदस्य रामेश्वर कार्की, महालक्ष्मि नगरपालिको उप–प्रमुख लक्ष्मि महर्जन रहनुभएको थियो । त्यस्तै अतिथिको रुपमा शिक्षक अभिभावक संघका अध्यक्ष मनोहर कार्की सहित अन्य अतिथिहरुको पनि सहभागी रहेको थियो ।


माननीय प्रेम महर्जनले, आदर्श माध्यामिक विद्यालयको ६६ औं वार्षिको अवसरमा शुभकामना व्यक्त गर्दै ललितपुरमा रहेका विद्यालयहरुको संरक्षण र शैक्षिक स्तर बृद्धिका लागि आफ्नो तर्फबाट पहल हुने बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘ललितपुर जिल्लाका कतिपय विद्यालयहरुमा पुग्न अझै पनि बाटो पिच भएको अवस्था नभएको कारण यस्ताखालका समस्याको समाधानको लागि पहल गरिरहेको छु ।’ माननीय महर्जनले शुभकामना मन्तव्यको क्रममा आदर्श माध्यामिक विद्यालयको लागि आवश्यक रहेको छात्रावासको व्यवस्थाको लागि आफ्नो ध्यानआर्कशन भएको बताउनुभयो ।


विद्यालयले ६६ वर्षको लामो इतिहास बोकेको आदर्श माध्यामिक विद्यालयले शैक्षिक चाहना र आवश्यकतालाई समेट्दै वि.सं. २०३५ सालदेखि माध्यमिक तह र वि.सं २०६७ देखि उच्च माध्यमिक तहसम्मको यात्रा पार गरेको छ । वि.सं २०७५ सालदेखि यस विद्यालयले प्राविधिक धारअन्र्तगत डिप्लोमा इन सिभिल इन्जिनियरिङ सम्मको स्तर उन्नती गरेको छ ।
हाल यस विद्यालयमा बालविकास अन्तर्गत कक्षा नर्सरी, एल.केजी.यु.केजी.देखि कक्षा १२ सम्मको पठनपाठन भइरहेको छ भने जम्मा एक हजार ३१२ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थीहरुको संख्या बृद्धि भएको छ तर भौतिक संरचनाको अभाव रहेको वार्षिक प्रतिदेनमा प्रस्तुत गरिएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा अध्ययकोनको लागि बाहिरी जिल्लाबाट विद्यार्थीहरु आउने तर विद्यार्थीको लागि छात्रावासको आवश्यकता रहेको विद्यालय व्यवस्थापन समितिको भनाई छ । गुणस्तरीय शिक्षा स्तिरलाई बृद्धि गर्नको लागि अझै पनि विद्यालयमा भवन, खेलमैदान, खाने पानी लगायतका धेरै समस्याहरु रहेको विद्यालयको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।,–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button