माम्लिङ्ग बप्तिस चर्चको रजत महाेत्सव
माम्लिङ्ग बप्तिस चर्च स्थापनाकाे २५ वर्ष पुग्याे भदाै ५, संखुवासभा ।। संखुवासभा स्थित धर्मदेवी नगरपालिका वडा नं ५ मा रहेकाे माम्लिङ्ग बप्तिस चर्च स्थापना भएकाे २५ वर्ष पुगेकाे छ । बप्तिस चर्चले मण्डली २५ वर्ष पुगेकाे उपलक्षमा रजत महाेत्सव मनाएकाे छ । पुरानाे चर्च साँगुराे भएपछि नयाँ चर्च भवन निर्माण गरेकाे बप्तिस चर्चले नयाँ चर्च भवनमा २५ अाै रजत महाेत्सव कार्यक्रमकाे अायाेजना गरेकाे हाे । केही व्यक्तिहरुले परमेश्वरमा विश्वास गरेपछि बि.स २०५५ सालमा माम्लिङ्ग चर्चकाे रुपमा स्थापना भएपछि बप्तिस चर्चले धेरै अाराेहअबराेह पार गरेकाे छ । माम्लिङ्ग चर्चका संस्थापक रेभ. पास्टर प्रकाश मेघी गुरुङकाे सभाध्यक्षता रहेकाे कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा रेभ. पास्टर दानियल सुब्बा रहनुभएकाे थियाे । त्यसैगरी विशेष अतिथिकाे रुपमा सिक्किमबाट पास्टर पि.एम प्रधान, रेभ. पास्टर जाेना गुरुङ , धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पाैडेल र उप- प्रमुख तारा महत रहनुभएकाे थियाे ।
संखुवासभा लगागत विभिन्न जिल्लाका पास्टर ज्युहरु सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, राष्ट्रिय ख्रीष्टियन महासंघका कार्यवाहक अध्यक्ष सहित प्रतिनिधिहरुकाे समेत अातिथ्यता रहेकाे थियाे । रजत महाेत्सव कार्यक्रममा धर्मदेवि नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पाैडेलले मनतब्यकाे क्रममा सबै धार्मिक मिलेर बस्नुपर्ने र धर्मदेवि नगरपालिकामा धार्मिक सद्भाव स्थिर राख्ने बताउनुभयाे । अतिथिहरुले बप्तिस चर्चलाई २५ वर्ष पार गरेकाे उपलक्षमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभएकाे छ । त्यसैगरी प्रमुख अतिथि दानियल सुब्बाले परमेश्वरकाे बचनबाट बाेल्नुभएकाे हाे । माम्लिङ्ग बप्तिस चर्चले चर्चमा सेवा पुर्याउने र चर्च भवन निर्माण गर्ने सहयोगदाताहरुलाई कदरपत्र सहित सम्मान गरेकाे छ । बप्तिस चर्चलाई सेवामा अगाडि बढ्न मद्दत गर्ने अग्रजहरुलाई समेत सम्मान गरेकाे छ । रजत महाेत्सवमा चर्चका जवानहरुले विभिन्न नृत्य तथा अाराधनाकाे सेवा गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण पृथसिङ गुरुङले गर्नुभएकाे थियाे ।