मिसनरी डा. डोरिस ब्रोघमको ९८ वर्षको उमेरमा निधन
काठमाण्डौँ, ३१ साउन २०८१
ताइवानमा लामोसमयदेखि सेवा पु¥याएकी मिसनरी डा. डोरिस ब्रोघमको ९८ वर्षको उमेरमा निधन भएको छ । ताइवानको ओभरसिज रेडियो एण्ड टेलिभिजन (ओआरटीभी)का अनुसार अमेरिकी मिसनरी डा. डोरिस ब्रोघमको गत हप्ता उपचारको क्रममा निधन भएको हो ।
अमेरिकी मिसनरी डा. डोरिस ब्रोघमले आफ्नो जीवनकालको ७३ वर्षदेखि ताइनका ख्रीष्टियन समुदायको बीचमा काम गर्दै आएकी थिइन् । ताइवानमा सुसमाचार त्यहाँका मानिसहरुलाई विश्वासमा हुर्काउनमा डा.डोरिसको अतुलनीय योगदान रहेको छ ।
उनले हेभेन्ली मेलोडी सिङ्गर्स स्थापना समेत गरेकी थिइन् । जुन अहिले पनि चिनिया क्रिस्चियनहरूमाझ लोकप्रिय छ । साथै ओभरसीज रेडियो र टेलिभिजन संस्था र अङ्ग्रेजी भाषा शिक्षण रेडियो कार्यक्रम स्टुडियो क्लासरूम, ती दुवैले ताइवानी जनतामा महत्त्वपूर्ण प्रभाव पारेको छ ।
ओआरटीभीका अध्यक्ष डा. साइमन हङले भनेका छन्, “उनले क्रिस्चियन विश्वासप्रति आफ्नो जीवनभरको प्रतिबद्धता पूरा गरिन्। ब्रोघम सबैभन्दा समर्पित अंग्रेजी शिक्षक थिइन्, र उनी सधैं एक अटल मिसनरी थिइन् जसले कहिल्यै पछाडि फर्केर हेरेनन् ।”
A picture of Dr. Doris Brougham (photo: Taiwan’s Overseas Radio and Television)