मुस्लिम आयोगद्वारा सद्भावको लागि विजया दशमीको शुभकामना

कार्तिक १ (काठमाण्डौ)
मुस्लिम आयोगले सामाजिक तथा धार्मिक सद्भावको लागि नजिकिदै गरेको चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदप्रदान कार्यक्रम गरेको छ ।


आयोगले आज बुधबार ललितपुरमा बिजया दशमी, शुभ दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वहहरुको उपल्यमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।


शुभकामना आदनप्रदान कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगर, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, थारु आयोगका अध्यक्ष विष्णु बहादुर चौधरी, राष्टिय महिला आयोगका अध्यक्ष कमला पराजुली लगायत विभिन्न धार्मिक समुदायको धर्म गुरुहरुको आथित्यता रहेको थियो ।


मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले कुनै पनि धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने क्रियाकलाप नगर्ने बताउनुभयो । उहाँले मन्तव्यका क्रममा भन्नुभयो, ‘मुस्लिम समुदायले देशको लागि रगत र पसिना बगाएको छ । कसैले पनि जात र धर्मको नाममा समाजलाई भट्काउने क्रियाकलाप गर्नुहुदैन । यदि कसैले गर्ने प्रयास गर्छ भने सरकारले कार्बाही गर्नुपर्छ ।’


नेपालमा धार्मिक सद्भाव भट्काउनको लागि कतिपय बिखण्डनकारीहरुले प्रयास गरेतापनि सफल नहुने मन्तव्यका क्रममा अन्य अथितिहरुले बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवहितका लागि सामाजिक सद्भाव भट्काउने क्रियाकलाप गर्न नहुने बताउनुभयो । उहाँले सबै धर्म र जाति समुदाय मिलेर बस्न आग्रह गर्दै दसैँ, शुभदिपावली, छठ लगायत अन्य चाडपर्वहहरुको अवसरमा शुभकामना दिनुभएको छ ।


त्यस्तै अन्य अथितिहरुले पनि मन्तव्यको क्रममा सयौँ वर्षदेखि मिलेर बसेको समाजलाई जात र धर्मको नाममा बिखण्ड गर्ने क्रियाकलाप कसैले पनि नर्गन आग्रह गर्नुभएको छ । केहि महिना अगि नेपालमा धार्मिक तथा सामाजिक सद्भाव भट्कने क्रियाकलाप देखिएकोले यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न समेत आग्रह गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button