मुस्लिम आयोगद्वारा समाजमा अशान्ति सिर्जना नगर्न अपिल

असोज १७, ललितपुर ।। पछिल्लो समय देशमा धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव खल्बल्याउने प्रयास भइरहेकोले यस्तो कार्य नगर्न मुस्लिम आयोगले अपिल गरेको छ ।


बाँके जिल्लाको नेपालगञ्ज लगायत अन्य केहि स्थानहरुमा धार्मिक सहिष्णुता एवं खल्बलिने प्रकारका गतिविधि सिर्जना भएको हँदा आयोगले विज्ञप्ति मार्फत यस्तो कार्य नगर्न अपिल गरेको हो ।


केही उश्रृङखल व्यक्तिहरूले नेपालमा सदियौं देखि चलि आएको धार्मिक सहिष्णुता एवं सामाजिक सद्भभाव खल्बल्याई समाजमा अशान्ति फैल्याउने घटनाले दुःखित तुल्याएको आयोगले उल्लेख गरेको छ ।


तराईका केहि जिल्लाहरुमा धार्मिक सद्भाव खल्बल्याउने क्रियाकलापहरू हुँदै आएकोले समाजमा अशान्ति सिर्जना गर्ने व्यक्ति एवं समूहहरुको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याएर समाजमा शान्ति कायम गर्न सरकारलाई विज्ञप्ति मार्फत आग्रह गरेको छ ।


समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म एवं समुदायहरूको आस्थाप्रति सम्मान व्यक्त गर्न तथा सामाजिक सद्भभाव कायम राख्न र धार्मिक सहिष्णुता बचाइराख्न विज्ञप्ति मार्फत सबैमा अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button