मेचीनगर इसाई समाजद्वारा शैक्षिक सामग्री वितरण
— तरुण राई
झापा,२८ भदौ ।। एक्का नेपालको सहयोगमा मेचीनगर इसाई समाजद्धारा विपन्न वर्गका विद्यार्थी बाल–बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
मेचीनगर नगरपालिका–१५,ज्यामिरगढी र घोडामारामा अवस्थित अनुग्रह शान्ति चर्चका ४० विद्यार्थी बाल–बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो हो ।
मेचीनगर इसाई समाजको अध्यक्ष पास्टर राजु खड्काज्यूले एक्का नेपालले इसाई समाजसँग मिलेर गर्नुभएको कामको सरहर्ण गर्नुको साथै एक्का नेपाललाई धन्यवाद दिनु भयो ।
अनुग्रह शान्ति चर्चका अगुवा तथा समाज सेवक वोगदा टुढुले यसरी कुनै पनि गैर सरकारी संस्थाद्धारा अनुग्रह शान्ति चर्चका विद्यार्थी बाल–बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको पहिलो पटक रहेको र आउने दिनमा यस्ता प्रकारको कार्यक्रमलाई निरन्तरण गरिदिनुहुन नेपाललाई अनुरोध गर्नु भयो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा समाजका उपाध्यक्ष भीम खड्का, कोषध्यक्ष मुना खड्का, सदस्य सुभाष राई र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सङ्घीय लिम्बुवान)का नगर अध्यक्ष सुकबिर कन्दवाको उपस्थिति थियो ।