मोरङमा ख्रीष्टमसको अवसरमा सरसफाई

काठमाण्डौं, १ पौष ।। ख्रीष्टमसको अवसरमा मोरङको टेबरनेकल चर्चले सरसफाइ गरेको छ । मानिसको मुक्तिको लागि जन्मनुभएका प्रभु येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा चर्चका सदस्यहरु मिलेर सरसफाई गरिएको हो ।


मंसिर ३० गते सोमबार ग्रान्थान गाउँपालिका–२ झोराहट मोरङमा सरसफाई कार्यक्रम गरेको पास्टर राम प्रसाद पौडेलले जानकारी दिनुभयो । पास्टर रामप्रसाद पौडेलले भन्नुभयो, “मण्डलीका सदस्यहरु मिलेर झोराहट बजारमा जम्मा भएको फोहरलाई टिपेर व्यवस्थापन गरेका छौँ । जसरी प्रभु येशूले मानिसहरुले प्रेम गर्नुभयो त्यसरी नै हामीले मानिसहरुलाई प्रेम गर्ने माध्यमको रुपमा लियौँ ।”


सामाजिकरुपमा ख्रीष्टियनहरुले असल काम गर्छन् भन्ने सन्देश दिनलाई मोरङको टेबरनेकल चर्चका सदस्यहरु मिलेर बजारमा थुर्पिएको पलास्टिक तथा फोहरजन्य वस्तुहरु टिपेर व्यवस्थापन गरेको छ । ख्रीष्टमसको अवसरमा समाजलाई सकारात्मक सन्देश दिने कार्य गर्नुले ख्रीष्टमसको अर्थको सकारात्मक प्रभाव समाजमा पर्नेगर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button