म सबै धार्मिक समुदायको आस्थालाई सम्मान गर्छु ः हर्क सामपाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले सबै धार्मिक समुदायको आस्थाको सम्मान गर्ने बताउनुभएको छ ।

उहाँले सामाजिक संजालमार्फत यस्तो बताउनुभएको हो । स्टाटसमा ’तिमि र म मा फरक’ भन्दै उहाँ लेख्नुहुन्छ ्, ’तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ । म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु ।

उहाँले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन बनाउने जस्ता क्रियाकलाप नगर्न समेत आग्रह गनुएभएको छ ।

उहाँ अगाडी लेख्नुहुन्छ ’तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ । म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु ।’

केही दिनदेखि धरानमा समाजिक सद्भावमा खलल पुग्ने अवस्था आएपछि जिल्ला प्रशासनले शुक्रबार २४ घन्टे निषेधाज्ञा जारी गरेको थियो । जुन शनिबार राति १२ बजेबाट सकिएपछि धरान अहिले शान्त र सामान्य दैनिकीमा फर्किएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button