यस वर्ष भक्तपुरमा मनाइयो पुनरुत्थान दिवस

काठमाण्डौं, ७ वैशाख ः काठमाण्डौं उपत्यकामा स्थापित चर्चहरुको सहकार्यमा यस वर्षको ख्रीष्ट पुनरुत्थान दिवस भक्तपुरमा मनाइएको छ ।


मानिसको पाप क्षमाको लागि मृत्युवरण गरेका येशू प्रभु तीन दिनपछि जीवित भएको खुसीयालीमा हरेक वर्ष ख्रीष्टियन समुदायले मनाउने पुनरुत्थान दिवस (इस्टर सण्डे) यस वर्ष भक्तपुरमा आयोजना गरिएको हो ।


आज विहान काठमाण्डौं उपत्यकाको तीनवटै जिल्लाबाट इसाई धर्मावलम्बीहरु ¥यालीसहित कार्यक्रस्थलमा सहभागि भएका थिए । इस्टर महोत्सवमा इस्टर शुभकामना सन्देश, पवित्र धर्मशास्त्र बाइबलबाट उत्साहको बचन र सांगितक कार्यक्रम भएको थियो ।


मानिसको पाप क्षमाको येशूले रगत बगाएको कारण मानिसलाई बचानउ रगत दान गर्नुपर्छ भन्ने मान्यताकासाथ आज पुनरुत्थान दिवस कार्यक्रममा सहभागीहरुले रक्तदान समेत गरेका छन् । उपत्यकाव्यापी इस्टर महोत्सव आयोजक समितिका अनुसार आज ६ सय भन्दा बढीले रक्तदान गरेका छन् ।


आज देशभर विविध कार्यक्रम गरेर ख्रीष्टियन धर्मावलम्वीहरुले पुनरुत्थान दिवस मनाएका छन् । येशूको सम्झनामा यस दिवसमा रक्तदान गर्ने प्रचलन रहँदै आएको छ । साथै पुनरुत्थान दिवस ख्रीष्टमस पछिको दोस्रो ठूलो पर्वको रुपमा ख्रीष्टियन समुदायले मनाउने गर्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button