“यहाँहरुले निरन्तर आआफ्नो मण्डलीमा प्रार्थना गरिदिनहुन विनम्र अनुरोध गर्दछौँं ।“

“पिसमेकर युनाइटेड ख्रीष्टीयन सोसाइटी”
स्था : २०७०
( मोरङ क्षेत्र नं.३)

१ थिसलोनिकी ५ः१७

“यहाँहरुले निरन्तर आ आफ्नो मण्डलीमा प्रार्थना गरिदिनहुन विनम्र अनुरोध गर्दछांै ।

१. इसाई समाजमा आवद्ध सम्पुर्ण मण्डलीहरु मा जागृति आउन सकोस र अगुवा पाष्टरहरुको सेवाकाईमा परमेश्वरको सुरक्षा र पुर्ण निगाहा रहोस भनेर निरन्तर प्रार्थना गरौ।

२. देशमा बढ्दै गईरहेको अस्थिर राजनीति भ्रष्टाचार ,बेतिथि र अराजक क्रियाकलाप बाट देश पुर्ण रुपले मुक्त हुन सकोस भनेर निरन्तर प्रार्थना गरौ।

३. झुटा शिक्षा र विभिन्न प्रकारका दीगभ्रमित पार्ने दुष्ट कुराहरु को अन्त्य हुन सकोस भनेर निरन्तर प्रार्थना गरौं ।

४. नेपालका सातै प्रदेश मा रहेका चर्च,इसाईसमाज तथा इसाई संघ संस्थाहरुमा एकता,सद्भाव,भाईचारा र प्रेम कायम रहोस भनेर निरन्तर प्रार्थना गरौं ।

५. नेपालमा बाईबलिय ईश्वरशास्त्र पढाईलाई शिक्षा मन्त्रालयले मान्यता दिन सकोस त्रिभुवन विश्व विध्यालय बाट संबन्धन प्राप्त हुन सकोस भनेर निरन्तर प्रार्थना गरौं ।

६.नेपाल सरकारले संविधानत इसाईहरुलाई अन्य धर्मावलम्बीहरु सरह राज्यको हरेक निकायमा समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्व गराउन सकोस भनेर प्रार्थना गरौ।

७. देश नेपालमा इसाईहरु बाट राष्ट्रपति,प्रधानमंन्त्री, मंन्त्री,सभाषद र अन्य उच्च उच्च ओहोदामा रहेर देशको सेवामा क्रियाशिल हुने अवशरको लागि निरन्तर प्रार्थना गरौ।

८. छिमेकी देश भारतको विभिन्न स्टेट हरु जस्तै मिजिरोम,मणिपुर,नागाल्याण्ड आदिमा इसाईहरुमाथी भईरहेको चरम यातना र सतावतको लागी निरन्तर प्रार्थना गरौं ।

९.नेपालका अपाङ,अनाथ,टुहुरा सडक बालबालिका,विधवा,गरिव र असाहय दिन दुःखीहरुले सत्य परमेश्वरलाई पाउन सकुन भनेर निरन्तर प्रार्थना गरौं ।

१०. नेपालको संविधानले नागरिकका लागि प्रदत गरेको मौलिकहक र नैसर्गिक अधिकारहरु बाट कुनै पनि इसाईहरु विमुख हुन नपरोस भनी निरन्तर प्रार्थना गरौं ।

नोट ः– अन्य छुटेका विषयहरुलाई क्रमश लिस्टेड गर्दै प्रार्थना लिस्टमा थप्दै जानेछौ।
।। धन्यवाद सबैमा जयमसिह ।।

( सचिव) (अध्यक्ष)
हिमांशु राय पा. देब गुरुङ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button