युथ विथ अ मिशनका सस्थापक लोरेनको निधन

असोज २० काठमाण्डौँ
युवाहरुलाई परमेश्रको बचनमा जागृत बनाउने उद्देश्यले स्थापना भएको युथ विथ अ मिशनका ९थ्धबm०संस्थापक अध्यक्ष लोरन कनिङहामको निधन भएको छ ।


सन् १९३५ मा अमेरिकामा जन्मिएका क्यान्सर पिडित लोरेन कनिङहामको अक्टुबर ६ मा ८८ वर्षको उमेरमा निधन भएको हो । लोरेनले विश्वव्यापि रुपमा परमेश्वरको सुसमाचार पु¥याउने र चेला निमार्ण गर्ने कार्यको अन्तिम दौड सकाएका छन् ।


सन् १९६० मा लोरेन कनिङहाम र उनको श्रीमतलीले सुरु गरेको युथ विथ मिशन हाल १०० भन्दा बढि देशमा सञ्चालित छ । र १०० भन्दा बढि राष्ट्रमा लोरेन कनिङहामले यात्रा गर्नुभएको छ । सुसमाचार र र आत्मिक जागृतिका लागि विभिन्न देशहरुमा पुगेका लोरेन कनिङहामले धेरै अनुभवहरु बुटल्नुभएको छ ।


विशेषगरी युवापुस्तालाई परमेश्वरको बचनले प्रेरित गरेमा उनीहरुसँग मिशन पुरा गर्ने क्षामता हुन्छ भन्ने मान्यता राखेका लोरेनले युवाहरुलाई सुसमाचार, आत्मिक जागृति लगायतको कुरामा प्रोत्साहन गर्नुहुन्थ्यो । जसलाई अिहिले विश्वको विभिन्न देशमा सञ्चालित युथ विथ अ मिशनले गरिरहेको छ ।


लोरेनले ख्रीष्टियन समुदायको लागि ‘इज द रेल्ली यु, गड, मेकिङ जिजस लर्ड, बाइबलीय पावर टु चेन्ज, लगायत अन्य पुस्तकहरु पनि लेख्नुभएको छ । लोरेन एक लेखक पनि हुनुहुन्छ । बाइबललाई विभन्न भाषामा अनुवाद गरी लोरेनले आफ्नो भाषामा बाइबल अध्ययन गर्न पाउने अधिकारलाई समेत सुनिश्चत गर्नुभएको छ ।


आफ्नो जीवनलाई विश्वव्यापी मिशनमा सर्मपण गरेर आफ्नो जीवन सकाएका लोरेनको हाल श्रीमती डार्लिन र दुई छोराछोरी बुहारी र तीन नातिनातिना रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button