युवाहरुलाई आत्मिक खुराकमात्र खुवाउने कि, सफल हुन पनि सिकाउने ?

हरि जिज्ञासु
राष्ट्रिय विदाको समयलाई सदुपयोग गर्दै देशभरीमा युवाहरुको आत्मिक जागृति सभा, सम्मेलनहरु भइरहेका छन् । अन्य युवा संगठनहरु भन्दा ख्रीष्टियन युवाहरुलाई संगठित गर्न सजिलो छ किनकि उनीहरु बाइबलीय आधारमा बाँधिएका छन् । युवाहरुलाई आत्मिक रुपमा जागुरुक बनाउनु सबै भन्दा राम्रो काम हो । यो गर्नु आवश्यक पनि छ । तर युवाहरुलाई हामीले आत्मिक खुराकमात्र खुवाउने हो भने युवाहरु भौतिक रुपमा आपाङ्ग हुन सक्छन् । बर्तमाण अवस्थामा ख्रीष्टियन युवाहरुलाई देशको उत्तम स्थानमा पु¥याउन सक्ने शिक्षा चाहिएको छ ।


देशभरीका युवाहरुलाई सहभागी बनाएर बाइबलीय शिक्षा दिनु राम्रो कुरा हो । ख्रीष्टियन समुदायमा बाहेक अन्य धार्मिक समुदायमा युवाहरुलाई संघठित गरेर अनुसाशन सिकाउने गरिएको छैन । तर ख्रीष्टियन समुदायमा विदाको समयलाई सदुपयोग गर्दै युवा जागृति सम्मेलनको आयोजना गरेर युवाहरुलाई अनुसाशन सिकाइन्छ । यी जागृति सम्मेलनलाई सदुपयोग गर्दै युवाहरुलाई जीवनमा सफल हुने शिक्षा दिने हो भने युवाहरुले केहि गर्न सक्छन् र उनीहरु केहि बन्न सक्छन् । युवाहरुलाई हामीले सम्मेलनको ३ दिनमा आत्मिक कुरामात्र नसिकाएर केहि ब्यवारिक शिक्षा दिन जुरुरी छ । जसले युवाहरुको भविश्य देखाओस् ।


धेरै युवाहरु आफ्नो भविश्यको बारेमा अन्यवल छन् । युवाहरुलाई अहिले भविश्यको चिन्ता छ । आफ्नो भविश्यको बारेमा युवाहरुले दिनप्रतिदिन सोचिरहेका छन् । त्यसकारणले हाम्रा युवाहरुलाई देशको राजनीति देखाउनु छ । देशमा रोजगारीको बाटो देखाउनुछ । कुन विषय अध्ययन गर्दा कहाँ पुगिन्छ भन्ने सिकाउनुछ । व्यापार व्यवसायको विषयमा सिकाउनुछ । हामीले सिकाएको शिक्षाको कारण ख्रीष्टियन युवाहरु सरकारको जिम्मेवारी निकायमा पुग्नुपर्छ । उनीहरुले कर्मचारी चलाउनुपर्छ । उनीहरुले जिल्ला चलाउनुपर्छ र उनीहरुले देश र जनताको सेवा गर्नुपर्छ । त्यसकारण हामीले हाम्रो युवाहरुलाई धेरै कुरा सिकाउनुछ ।


सम्मेलमा युवाहरुलाई आत्मिकी कुरा मात्र सिकाएमा हाम्रो युवाहरु इमान्दार मात्र हुन्छन् । युवाहरुलाई देशको जिम्मेवारी निकायमा पु¥याउनको लागि देशको अर्थतन्त्र र राजनीति बुझाउनुछ । देशको शिक्षा र रोजगार बुझाउँनु छ । अनी मात्र हाम्रो युवाहरु देशको सक्षम युवा बन्नेछन् अनी देशमा सुसमाचार फैलिने छ । त्यसकारण आयोजना गरिने युवासम्मेलनमा हाम्रो युवाहरुलाई आत्मिक कुरामात्र नसिकाऔँ देशको प्रस्थिति र उनीहरुको भविश्य देखाउनु आवश्यक छ । हामीले हाम्रो युवाहरुलाई केहि बन्न सिकाउनैपर्छ । नत्र भने उनीहरुको समय बर्बाद हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button