येशूको प्रेमदेखि टाढा हुँदै गएको मान्छेको हृदय

इतिहास परियार
नेपालमा मात्र नभई बिश्वब्यापी रुपमा ख्रिष्ट येशुको प्रेम एक अर्कामा सेलाउदै गएकोछ । एक आपसमा हुनु पर्ने प्रेम र नम्रता र गुनहरु सबै खरानी जस्तै धुलोमा परिनत भएकाछन् ।


जयमसि गर्न आतुर हुने हाम्रा हातहरु साँच्ची लाचार भएकाछन दिन रात प्रार्थनामा बिताउने समयहरु साँच्ची मोबाईलको सेतो डिस्प्लेमा बर्बाद भैरहेकोछ । उपबास बस्ने हाम्रो मन र शरीर अहिले चौरासी बेन्जनमा भुलीरहेकाछन् । सँधै बाइबल भजन बोक्ने यी शरीरहरुले अहिले बाइबल र भजनहरु बोक्न गाह्रो मान्छन् । साँच्ची हामीबाट ख्रिष्टको प्रेम सेलाएर गएको छ ।


हिजोको दिनहरुमा ख्रिष्टको माया र प्रेम यति प्रगाढ थियो कि येशुको नाममा भुतहरु धपाउन सकिन्थ्यो, तर अहिले येशुको नाम लिदा जिरिङ्ग काँडा फुले झै हुन थालेकोछ । आज धेरैको हृदयहरु बन्दछन् ।


साँच्चि अहिले संसारको मान्छेहरु भन्दा ख्रिष्टियनहरु भ्रष्ट हुन थालेकाछन् । यो साच्चिकै दःुखको कुरा छ । बाइबलमा हुन आउने कुराहरु पूरा भएतापनि हामी स्थिर रहन सकिरहेका छैनौं । यसले हामी कुनै १०० बर्षे विश्वासी भएतापनि हामी साँचो प्रभुमा पश्चताप नगरेमा हाम्रो जीवन नरकमा जाने निश्चित छ ।


हामी सबै जिब्रे विश्वसी भैसकेका छौँ । हामी संसारको ठूलो दल–दलमा फसिरहेका छौं । जसबाट समयमै निस्केर पखालिनु आवश्यक छ । हामी थकित हुन्छौ जीवनदेखि, तर पनि प्रभुले हामीलाई धेरै माया गर्नु हुन्छ । उहाँको प्रेम कहिलै घटी र बढी हुदैन किनभने उहाँले सबैलाई बराबरी प्रेम गर्नु हुन्छ ।


बिगत फर्केर हेर्दा बिश्वासीको कुकुर समेत माया लाग्नेमा अहिले त्यो माया सपना जस्तै भएकोछ । मान्छेहरु स्वार्थमा दौडीदैछन् । लोभमा फस्दैछन । थाहा छैन ख्रिष्टको प्रेमले कहिले छुने हो ? बाइबलमा लेखिएको छ अन्तमा जो स्थिर रहन्छ त्यो बचाइने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button