येशूलाई चिनेपछि बाँचेको त्यो प्रीय मान्छे


हरि जिज्ञासु
जीवनलाई जसले जसरी परिभाषा गरेता पनि जीवनदेखि हारेकाहरुलाई यो संसारमा बाँच्नको लागि गाह्रो नै छ । मान्छेहरु खुसी खोज्ने दौरानमा आफूलाई सखाप पारेको पत्तो पाउँदैनन् । आज म तपाईँहरुको बीचमा एउटा छोटो कथा सुनाउँछु ।
गाउँमा मेरो एउटा चन्द्र नामको साथी थियो । हाम्रो उमेर पनि मिल्दो जुल्दो थियो । सानो उमेरमा हामी कहिले संसारको सबै भन्दा खुसी हामी नै छौँ जसरी मज्जाले खेल्ने गर्थियौँ । माटोको सुन्दुर घर, स्कुल, गाईभैसी त हामीले त्यतिखेर कति जोडियौँ कति ? । त्यो बेलामा कहिले डक्टर हुथ्यिौँ त कहिले मास्टर । हामी संसारको सबै भन्दा खुसी व्यक्तिको रुपमा भएको महसुस् हुन्थ्यो ।
हामी बिस्तारै ठूलो हुदै गयौँ । आवश्यकता थपिदै गए । आवश्यकता पूरा गर्नको लागि हाम्रो चिन्ताहरु पनि थपिदै गए । हामी संसारका सबै भन्दा खुसी व्यक्तिहरुबाट बाहिर आयौँ । चिन्ता र बोज हाम्रो जीवनमा थपिदै गए । हामीले बाल्यकालमा बनाएका ति माटोको घरहरुमा हामी बस्न पाएनौँ । हामी आफैले आफैलाई स्वघोषित बनाएका डाक्टर र मास्टरको पद पनि समयले खोसिदियो । हामी निरह अल्पत्र पर्दै गयौँ ।
मेरो साथी चन्द्र १० वर्षको हुँदा उसको आमालाई चक्रभिरको पहिरोले बगाएर कर्णाली नदीमा पु¥यायो । पहिरोले बगाएर लगेकी चन्द्रको आमाको शरिर गाउँका हामी कसैले पनि देख्न पाएनौँ । चक्रभिरको पहिरोले चन्द्रको आमालाई किन बगायो कुन्नी ? के अपुग थियो र त्यो मुला भिरलाई ? चन्द्रको आमासंगै बगेको कर्णाली नदी आज १० वर्ष पछि कहाँ पुग्यो होला ? सायद चन्द्रको आमालाई कतै खोल्सामा छोडेर कर्णाली नदी बेगले दौडियो होला । कहाँ पुग्ने हतार छ कुन्नी कर्णालीलाई ?
प्रीय साथी चन्द्र आमा हराएको पीरले थला परेको थियो । ऊ त्यो पीर बाट उठ्न चाहान्थ्यो तर सक्दैनथियो । म बेलाबेला उसलाई उठाउँन खोज्थेँ । ऊसको पीरलाई उठाउँदा कहिलेकाँहि म उसकै पीरको आँसुले भिज्थेँ । जीवन त खै के हो केहो ? कहिले छोरा जन्माएर आमाले छोडेर जानुपर्ने, कहिले छोराले आमालाई छोडेर कहिले नफर्कीनेगरी जानुपर्ने । अब कहिले फर्किदैनन् चन्द्रको आमा ।
चन्द्रको आमा बेपत्ता भएको ५ वर्षपछि उसको बुवाले अर्को विहे गरेर लाहुर अर्थात इण्डिया गए । चन्द्रले पारिवारिक माया पाउँन सकेन । हामी संगै पढ्थियौँ तर उसले पढाई ८ कक्षामै थाँति राख्यो । मैले उसलाई धेरै सम्झाएँ पढ्नपर्छ भनेर तर बाध्यताले नै उसले पढ्न सकेन । उसका पछाडि एउटा भाई र बहिनी थिए । चन्द्रलाई समयले समयमै अभिभावक बनायो । चन्द्रले चिन्ताको ठूलो भारी बोकेको थियो । ऊ संधै दःख र पीर संगै सुत्ने गथ्र्योँ । म पनि कहाँ दुःख र पीर बिनाको थिएँ र ? मेरा पनि आफ्नै कथा र पीर थिए ।

मलाई एक जना दाईले येशूको सूसमाचार सुनाएपछि । देशको धर्म बचाउनुपर्छ भनेर उफ्रीने कट्टर केटो म येशूमा विश्वास गर्न पुगेँ । येशूमा विश्वास गरेपछि थाह भयो जीवन के रहेछ । मान्छेहरु संसारमा जन्मनु र मर्नुको पछाडिको रहस्य बुझेँ । येशूलाई विश्वास नगर्दा लामो लाग्ने यो जीवन । येशूलाई पाएपछि धेरै छोटो लाग्यो । किनकि मलाई थाह भयो मैले त संसारमा धेरै गर्नु रहेछ । मैले परिवर्तित जीवन पाएँ ।

पढाईको सिलसिलामा मैले गाउँ छोडेको थिएँ । त्यसकारण चन्द्रदेखि म अलि टाढा थिएँ । विदाको समयमा गाउँ पुगेपछि मैले अरु साथीहरुलाई भन्दा पहिलो चन्द्रलाई भेटेँ । मलाई उसको पीर बेथाको कथा सुन्नु थियो । ऊ पनि मनका पीरहरु कसलाई सुनाउँ भन्ने भएको थियो । म गाउँमा हुँदा मलाई सुनाउँने गथ्र्यो तर म गाउँमा नभएको वर्ष वितेको थियो । चन्द्रले आफ्नो पीरको पोको खोल्यो । उसको पीरको पोको भित्र ठूला ठूला दःखसँग मिसिएका ठूलाठूला आँसुका थोपा थिए । चन्द्र भित्रभित्रै गलिसकेको रहेछ । ऊसलाई संसारमा बाँच्न भन्दा पनि मर्नु उचित जस्तो लाग्दोरहेछ । कयौँ पटक उसले मर्ने प्रयास गरेछ ।
म पनि चन्द्रलाई कहिले येशूको सुसमाचार सुनाउँ भन्ने भएको थिएँ । उसको मनभित्र दुःखका गोलीहरुले प्वाल पारेका खदहरुलाई येशूको सुसमाचारले टाल्ने काम गरेँ । उसको मनभित्र निराशाले बासगरेर जिन्दगी सिद्धाउनै आँटेको थियो मैले येशूको सुसमाचारले निराशर्ला पत्तासाप गराउँन लागेँ । सुसमाचार सुनेपछि चन्द्रले भन्यो, ‘यार, हरि येशूमा मेरा पीरहरु निको हुन्छन् त ?’ मैले उसलाई भने, ‘येशूमा पीर निको हुने मात्र होइन येशूमा मृत्युपछि पनि जीवन छ । यो जीवन चानुचुने जीवन होइन् । विश्वास गर अनी थाह पाउँछस् ।’

मेरो साथी चन्द्रले येशूमा विश्वास ग¥यो । सुरुमा उसकालई केहो केहो जस्तो लागेको थियो । जव उसले बाइबल अध्ययन गर्नथाल्यो अनी उसले येशूमा जीवन भेटायो । उसका चोटहरु निको भए । उसलाई संसारमा धेरै समय बाँच्नुपर्छ भन्ने आशा पलायो । अहिले उसले गाउँमा विहे गरेको छ । उसका दुई वटा नानीहरु छन् । गर्नुत उसले खेतिकिसान नै गर्छ । ऊ खुसी देखिन्छ । उसले जीवन जिउनको परिभाषा बजुको छ । सबै भन्दा ठूलो कुरा उसले अहिले गाउँमा चर्चमा सेवकाई गर्छ । सबैलाई येशूमा जीवन छ भन्दै सुसमाचार सुनाउँछ । मलाई कहिले काँहि फोन गरेर भन्छ ‘ हरि समय छोटो छ यार प्रभुको निम्ति काम गर्नु धेरै छ ।’ उसले मलाई उत्साह दिदाँ मलाई खुसी लाग्छ । प्रीय बाँचेकोमा म खुसी छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button