रगतले जोडेको सम्बन्ध

आज असल शुक्रबार । धेरैलाइ अच्चम लाग्न सक्छ, किन आजको दिनलाई असल शुक्रबार भनिन्छ । ख्रीष्टियन समुदायले आजको दिनलाई असल शुक्रबार भन्नुको मुख्य कारण भनेको येशू प्रभु आज मानिसको पाप क्षमाको लागि मर्नुभएको दिन हो । फेरि धेरैको मनमा अर्को प्रश्न खडा हुनसक्छ, कुनै व्यक्ति मरेको दिनलाई असल शुक्रबार भन्नु उल्टो पर्था भएन र ?, तर त्यस्तो होइन, ख्रीष्टियन समुदायले येशू प्रभु मानिसको पाप क्षमाको लागि मर्नुभएको कारण असल शुक्रबार मान्दछन् । यदि येशू प्रभु मानिसको पाप क्षमाको लागि नमरेको भए सायद हाम्रो पाप क्षमा हुँदैन्थ्यो । येशू मर्नुभएको कारण ख्रीष्टियन समयदायले आजको दिनलाई गुड फ्राइडेको रुपमा मनाउँछन् ।


आजको दिनमा विश्वभर कुनै पनि व्यक्ति रगतको अभावको कारण मर्नु पर्दैन । किनकि आजको दिनमा विश्वभरका धेरै मानिसहरुले रगत दान गर्नेगर्छन् । येशू प्रभुले रगत बगाएर मृत्युवरण गरेरेर मानिसलाई अनन्त जीवनको बाटो खोलिदिएको हुँदा, आजको दिन संसारका धेरै मानिसहरुले प्रभु येशूको सम्झनामा रगत दान गर्नेगर्दछन् । येशू प्रभुको सम्झनामा कसैको जीवन बचाउनको लागि रगत दान गर्न मिल्ने जतिले दान गर्नु निकै राम्रो प्रयास हो । यो प्रचलन नेपालमामात्र नभएर विश्वभरका ख्रीष्टियनहरुले अभ्यास गरेका छन् ।


पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्ने हो भने, त्यहाँ मानिसको पाप क्षमा र स्वर्गीय बाटो तयार पार्नको लागि प्रभु येशूले बगाएको रगत मानिसको लागि औषधी हो । तपाईं हामीलाई थाह छ, यदि हाम्रो शरिरमा कुनै सानो चोट लाग्यो भने कति धेरै पीडा हुन्छ र घाउ दुःख्छ । घाउ दुख्नु भनेको पीडा हुनु हो । जव दुख्ने घाऊहरु समयसँगै निको हुन्छन् तब उसले दुःखाइबाट छुट्कारा पाउँछ । त्यस्तैगरी येशूप्रभु मानिसको पाप क्षमा र स्वर्गीय बाटो देखाउनको लागि यस संसारमा आउनुभयो । हामीलाई येशू प्रभुको बारेमा खासै चासो हुँदैनन्थ्यो । येशू प्रभु मरेको म¥यै भएको भए सायद हामीले येशू प्रभुको जयजयकार गर्नु पर्ने आवश्यक थिएन ।


जव येशू प्रभु मर्नुभयो, गाडिनुभयो र उहाँ तीन दिनपछि फेरि जिवित भएर उठ्नुभयो । त्यसकारण येशूको सुसमाचार संसारभर फैलिएको छ । आजको दिन येशूको रगत बगेको थियो । अन्धकार छाएको थियो र येशूको घाउहरु चरमरुपमा दुःखिरहेका थिए । तर येशूले आफूलाई परमेश्वरमा सम्पनुभएको थियो । जसले येशूलाई क्रुसमा टाँगे र यातना दिए उनीहरुलाई प्रभु येशूले सराप दिनुभएन । बरु, उहाँले भन्नुभयो, “पिता यिनीहरुले केही जान्दैनन् उनीहरुलाई क्षमा दिनुहोस् ।” प्रीय मित्र प्रभु येशूको दुःखेको घाऊले हाम्रो पापलाई क्षमा गर्नको लागि सायता गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button