राष्ट्रका निम्ति प्रार्थना गर्दै एनसिएफ नेपालले मनायो ६५ औं वार्षिकोत्सव
काठमाण्डौं, २३ पौष ।। नेपाल राष्ट्रिय मण्डली संगतीले राष्ट्रका लागि प्रार्थनका साथ ६५ औं वार्षिकोत्सव मनाएको छ ।
आज मंगलबार ललितपुरको आराधना चर्चमा एक कार्यक्रमको आयोजना गरी प्रार्थाना सहित ६५ औं वार्षिकोत्सव मनाएको हो ।
ख्रीष्टियन समुदायको हितमा काम गर्दै आएको एनसिएफले विभिन्न सामाजिक काममा सक्रिय रहेर देशमा आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा ठूलो योगदान पु¥याउँदै आएको छ ।
नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङको सभाध्यक्षतामा सुरु भएको ६५ औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा पूर्व न्यायधिस सलाददिदिन् अक्तर सिद्किी रहनुभएको थियो ।
प्रमुख अतिथि सलाद्दिन अस्त सिदिकीले शुभकामना मन्तव्यका क्रममा ख्रीष्टियन समुदायमा एकता रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“हामी आफैलाई विश्वासी हौँ भन्छौ, तर हामीमा अविश्वास कहाँबाट आउँछ ? हामीले हाम्रो विश्वासलाई थप बलियो बनाएर सबैसँग मित्रताको साथ सम्बन्ध जोड्नुपर्छ ।”
वार्षिकोत्सवको अवसरमा नेपाल ख्रीष्टियन समाजका उपमाहासचिव मुकुन्द कुमार शर्मा, संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्का संयोजक भव घले लगायतले शुभकामना दिनुभएको थियो भने परमेश्वरको बचनबाट पास्टर सिमोन पाठकले. बोल्नुभएको थियो भने कार्यक्रमको सहजिकरण राष्टिय मण्डली संगतिका कोषाध्यक्ष पास्टर हिमाल राइले गर्नुभएको थियो ।