राष्ट्रको निम्ति प्रार्थना र सकारात्मक चेतनाको प्रवाह


आर्थिक, राजनीतिक, सामाजिक लगायतका अन्य धेरै समस्याहरुसँग नेपालले संघर्षक गरीरहेको छ । देश विकासको लागि भन्दै विभिन्न राजनीतिक दलले आफ्नो राजनीतिक फाइदाको लागि विभिन्न आन्दोलन गरीरहेका छन् । आवश्यकता भन्दा बढी राजनीतिक दलहरुहरुले नेपालको विकासका जिम्मा लिन खोजेपछि नागरिकहरु पनि अन्यवलमा छन् ।


देशमा उचित शासनप्रणाली नहुनु र अस्तव्यस्थ अवस्थाको नीति हुनुले धेरै युवाहरुले देशमा रोजगारको अवसर देख्दैनन् । विद्यालयमा अध्ययन गरीरहेका बालबालिकाहरुको मस्तिस्कमा उमेर पुगेपछि विदेश उढ्ने लक्ष्य छ । उनीहरुलाई राम्रोसँग पढेर देशमा केही गर्नुपर्छ भन्ने सोचबाट नेपालको शासनप्रणालीलेनै टाढा राखेको अनुभव हुन्छ, त्यसकारण यस्ता विविध दर्दनाक विषयमा ख्रीष्टियन समुदायले आफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रभाव गर्दै निरन्तर प्रार्थना गर्नु आवश्यक छ ।


देश विकासको गतिमा अघि बढ्न नसक्नुको एउटा कारण “रुढीवादी” सामाजिक परम्पारा हो । जातिय विभेद लगायत अन्य मानव अधिकार विपतिरतका सामाजिक नियमहरु विकासका बाधक हुन् । नेपाली समाज यस्ता अमानवीय परम्पराबाट माथि उठेर विकासको गतिमा अघि बढ्न सकोस् भनेर हामी नेपाली ख्रीष्टियन समुदायले सचेतना फैलाउँदै निरन्तर परमेश्वरसँग प्रार्थना गर्नु आवश्यक छ । आफूले सृष्टि गरेका मानवजाति, चिन्ता र निरास अवस्थामा रहेको उहाँ चाहान्नु हुन्न । त्यसकारण हामी सबैले परिवर्तनको लागि एउटा महत्वपूर्ण भूमिका खेल्नु आवश्यक छ ।

देशमा अनगिन्ति समस्याहरु छन् । विश्वको अभ्यासलाई हर्ने हो भने, धेरै राष्ट्रयहरुले परमेश्वरलाई पहिलो स्थानमा राखेर आफूले काम गरिरहेका छन्, जुन देशले परमेशवरलाई पहिलो प्राथामिकतामा राखेर काम गरेका छन् ती देशहरु विकासको गतिमा अघि बढेका छन् । नेपाल पनि एक दिन विकासको गतिमा पक्कै अघि बढ्न सक्छ,तर हामी ख्रीष्टियन समुदायको महत्वपूर्ण भूमिकाको आवश्कता छ । त्यो आवश्यकता भनेको, निरन्तर सकारात्मक चेतनालाई नागरिकसम्म पु¥याउनु हो । परमेश्वरसँग देशको हितको निम्ति निरन्तर प्रार्थना गर्नु हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button