रुकुमको ऐतिहासिक चर्चको गुरुआमा मनमारी बुढा मगरको निधन
जेठ २५ (२०८०) रुकुम पुर्व
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको नेपालकाे ऐतिहासिक चर्चको रुपमा चिनिने नयाँ सृष्टि तक ए.जी चर्चकाे गुरुआमा मनमारी बुढामगरको ९४ वर्षको उमेरमा निधन भएको छ ।
केही महिना अगिदेखि आँखाको समस्याको कारण उपचारको क्रममा रेहिकी गुरुआमा मनमारी बुढामगरको हिजो बुधबार अल्का अस्पताल ललितपुरमा निधन भएको जगेश्वर घर्तीले जानकारी दिनुभयो ।
पारिवारिक स्रोतका अनुसार मनमारी बुढा मगरको प्राथिप शरीरलाई रुकुम पु¥याएर दाहसंस्कार गरिएको छ । २०२८ सालमा स्थापना भएको नयाँ सृष्टि तक मण्डलीको संस्थापक पास्टर हस्तराम बुढा मगरको २०५८ साल भदौ १९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।
पास्टर हस्तराम बुढामगरको जीवनसाथी रहेकी गुरुआमा मनमारी बुढामगरले हस्तराम बुढामगरको सेवकाईलाई अगाडि बढाउन अतुलनीय योगदान पु¥याउनुभएको छ । तक मण्डलीको आत्मिक बृद्धि र विकासको लागि गुरुआमा मनमारी बुढामगरको निरन्तर प्रार्थनाका साथ सहयोग रहेको थियो ।
सुसमाचार र परमेश्वरमा विश्वास गरेकै कारण बेलाबेलामा जेलजीवन विताएका कारण नेपालको चर्च इतिहासमा पूर्वी रुकुमको तकसेरा गाउँ पनि नाम आउने गर्छ । दुःख कस्टका साथ सेवकाईलाई निरन्तर अगाडि बढाएर पास्टर हस्तराम बुढामगरले नेपालको चर्च इतिहासमा आफ्नो नाम सुरक्षित राख्नुभएको छ ।