रेभ. डा. नरीराम लुहारको नयाँ पुस्तक सार्वजनिक
असार २६ (२०८०) कन्चनपुर
रेभ. डा. नरिराम लुहार (विनोद) को प्रभावकारी अध्ययन पद्धति नामक पुस्तक विमोचन भएको छ । भिमदत्त नगरपालिका वडा नं. ९, ख्रीष्ट महिमा मण्डली ब्रह्मदेव, कञ्चनपुरमा मंगलबार विमोचन भएको हो ।
रेभ. डा. नरीराम लुहार (बिनोद) को “प्रभावकारी अध्ययन पद्धति” पुस्तक ११ औं पुस्तक हो । रेभ.डा नरीराम लुहारले प्रकाशन गरेका अन्य पुस्तकहरु ख्रीष्टियन समुदायको लागि लाभदायिक छन् भने विमोचन भएको नयाँ पुस्तक सबै समुदायको लागि लाभदाहिक हुनेछ ।
रे.भ. डा. नरीराम लुहार (बिनोद) को सभाध्यक्षता रहेको पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिमदत्त नगर प्रमुख पदम बोगटी ज्यू रहनुभएको थियो । त्यस्तै गरी बिशिष्ठ अतिथिको रुपमा नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सचिव भिम भट्ट,क्षेत्र नं.३ नेपाली कांग्रेसका सभापति केशब चन्द, क्षेत्र नं. ३ का सचिव उमेश जोशी, भिमदत्त नगर वडा नं.९ का वडा अध्यक्ष गगन सिंह कार्की, ९ नं. वडा सदस्य नरी सिंह महता, समाजसेवी श्री प्रेम सिंह बुढ़ा, कञ्चनपुर इसाई समाजका सल्लाहकार पा.बल बहादुर पाख्रिन रहनुभएको थियो ।
अतिथिको रुपमा कञ्चनपुर इसाई समाज शाखा भिमदत्त नगरका अध्यक्ष रेभ पा. महेश लावड, रेभ.पा. मित्र राम तामाङ्ग, ख्रीष्ट महिमा मण्डलीका संस्थापक सदस्य दुर्गा देवी लुहार, पा. हरी थापा, पा. ठुङ तामाङ्ग, निट्स कलेजका प्रोफेसर पा. राजकुमार बि.क., निट्स कलेज दाङका डाइरेक्टर पा. भुप बहादुर धर्तीमगर
र ख्रीष्ट महिमा मण्डली ब्रह्मदेवका सभापति अ. लक्ष्मण पार्की रहनुभएको थियो
।
लेखक रेभ. डा. नरीराम लुहारको भनाई अनुसार अध्ययनको सही आरम्भ कसरी गर्ने ?, अध्ययनको आयोजना कसरी गर्ने ?, अध्ययनमा आरोग्यताको महत्व के हो ?, अध्ययनको लागि अनुकूल वातावरण कसरी सिर्जना गर्ने ?, प्रभावकारी अध्ययन गर्ने तरिकाहरु के–के हुन् ?, आफ्नो स्मरण शक्तिलाई कसरी बढ़ाउन सकिन्छ ?, प्रभावकारी अध्ययन विधिहरु के–के हुन् ?, परीक्षाको समयमा तयारी कसरी गर्ने ?, र सोधप्रबन्ध कसरी लेख्ने भन्ने विषयवस्तुहरुलाई समेटेर तयार पारिएको “प्रभावकारी अध्ययन पद्धति”को पुस्तक हो ।
लेखक लुहारले भन्नुभयो, “पुस्तकले विद्यार्थी परिवार, समाज, राष्ट्रमा आमूल परिवर्तन ल्याउनेछ भन्ने आशा राखेको छु । यस पुस्तकको अध्ययन पश्चात् एक कमजोर विद्यार्थी पनि प्रभावकारी विद्यार्थी बन्न सफल हुनेछ, त्यसको आत्मविश्वास बढ्नेछ, आफ्नो लक्ष्यलाई निर्धारित गरी सरलताका साथ लक्ष्यलाई प्राप्त गर्न सक्नेछ ।”
“यी पद्धतिहरुले मेरो जीवनलाई नै परिवर्तन गरेको छ, मेरो अध्ययन गर्ने तरिका नै बद्लिएको छ । जुन–जुन विश्वविद्यालयहरुमा मैले यो विषयमा अध्यापन गराएँ त्यहाँ ठूलो प्रभावलाई देख्न म सफल भएँ तसर्थ यो प्रभाव प्रत्येक नेपाली विद्यार्थी र मेरो राष्ट्रमा पनि परोस् भनेर राष्ट्र हितका लागि गर्ने जमर्को गरेको छु, रेभ. डा. लुहारले भन्नुभयो ।
को हुनुहुन्छ रेभ.डा नरीराम लुहार (विनोद) ?
रेभ.डा.नरीराम लुहार ‘बिनोद’ कञ्चनपुर जिल्लाको ब्रह्मदेव गाउँमा जन्मनुभएको हो । बाल्यकाल आफ्ना आमा–बुबासँगै भिमदत्त न.पा. वडा नं. ९ ब्रह्मदेव, कञ्चनपुरमा बिताउनुभयो । उहाँले व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी भारतबाट इन्डियन इन्स्टीच्यूट अफ मेसोलोजीबाट २०५९ सालमा बि.टिएच. र २०६७ सालमा लिभिङ्ग वर्ड बाइबल इन्स्टीच्यूट भारतबाट एम.टिएच. हासिल गर्नुभयो । त्यसैगरी अमेरिकाको युनाइटेड नेशन्स युनिभर्सिटी फर ग्लोबल पिसबाट २०७२ सालमा ख्रीष्टियन लिडरसिपमा उहाँले पिएच.डी.गर्नुभयो ।
अवसरबाट वञ्चित तथा सम्पूर्ण विद्यार्थीहरुलाई सम्झनुहुने रेभ.डा.लुहार नेपाल र भारतका विभिन्न जिल्लामा पुगेर नेपाली र भारतीय विविध जनजीवनको प्रत्यक्ष अनुभव गर्नुभएको छ । विभिन्न विश्वविद्यालयहरुमा प्राध्यापन, तालिम र सेमिनारहरु गरी रेभ. डा. लुहार सभा, सम्मेलन, गोष्ठीका प्रखर तथा प्रेरक वक्ता हुनुका साथै अगुवापनमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएको छ । नेपाल र नेपालबाहिर विभिन्न देशहरुका बाइबलीय विश्वविद्यालयहरुमा प्राध्यापनको कार्य गर्दै आउनुभएको छ ।
रेभ.डा.लुहार हाई रेन्ज बुक अफ वल्र्ड रेकर्डस्बाट परोपकारी कार्य गरे वापत् स्वर्ण पदकबाट सम्मानित हुनुभएको छ । १२ घण्टा २२ मिनेटसम्म लगातार रुपमा बाइबलको शिक्षा दिनुभएको कारण हाई रेन्ज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गरी स्वर्ण पदकद्वारा सम्मानित हुनुभएको छ साथै विश्वव्यापी समाजमा सामुदायिक र मानवीय क्षेत्रमा सेवा पु¥याउनु भएको कारण युनिभर्सिटी अफ डिशाईपलसिप इन्स्टिच्यूट फर अपोष्टलिक मिनिष्ट्रिजले उहाँलाई “ग्लोबल पिस अवार्ड” र “युनिभर्सल सुपर स्टार” को पदवीले तथा एमबीएलए ट्रष्टद्वारा सञ्चालित विश्वव्यापी प्रशिक्षक सम्मेलनमा उहाँलाई “राष्ट्रिय शिक्षा रत्न अवार्ड–२०२१” र “ग्लोबल बेष्ट प्रोफेसर गोल्डन पीकक अवार्ड–२०२१”को पदवीले सम्मानित गरेको छ ।
रेभ.डा.लुहार एक विछट्टै तथा समय–सापेक्षिक र इसाई जगतको साहित्यिक विधामा पनि कलम चलाउनुहुन्छ । हालसम्म उहाँ ईश्वरशास्त्रिय बाइबलसम्मत् १० वटा पुस्तकहरु प्रकाशनमा ल्याइसक्नुभएको छ । ती ज्ञानबद्र्धक, रोचक, आशिषमय तथा महत्वपूर्ण पुस्तकहरुलाई संसारभरिका करिब ४५ भन्दा बढ़ी देशहरुमा नेपाली–भाषी मण्डली तथा विद्यार्थीहरुले अध्ययन गरिरहनु भएको छ । साथै विभिन्न बाइबल कलेजहरुले पनि यी पुस्तकहरुलाई आफ्नो पाठ्यक्रममा समावेश गरी पठन–पाठनको कार्य गराइरहनु भएको छ । हाल उहाँ आफ्नी पत्नी र २ छोराहरुको साथ भिमदत्तनगर, कञ्चनपुरमा बसी मानवीय र सामाजिक सेवाकार्य गर्दै आइरहनु भएको छ ।
सर्वप्रथम त ख्रीष्ट यशु को महिमा भयको होस। जीवित परम प्रभु को नाउँमा jsymashi ,
परमेश्वर ले रेभ डा पास्टर बुवा र बोलाहत टीम लाई धेरै धेरै धन्यबाद साथै प्रभु येशू को अनुग्रह र आशीष प्रसस्त मात्रामा मा रहिरहोस् उहाँको अनुग्रह सदासर्वद रहिरहोस् उहाँको आशिष मा फल्दै फुल्दै वृद्धि हुँदै गएको होस् आमेन।🙏🙏