ललितपुरको ऐतिहासिक अदालत भवन पुननिर्माणको प्रतिक्षामा

असार १९ (२०८०) ललितपुर
ललितपुरको पाटन म्यूजियमको छेउमा एउटा ऐतिहासि अदालत भवन छ । घाँसले पुरिदै गरेको अदालत भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरेको छ । राणाकालिन संरचना अदालत भवनको अबस्था निकै नाजुक छ । सबै ढोका अहिले बन्द अवस्थामा छन् ।


ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा क्षेत्रमा अवस्थित छ । २०७२ को भुकम्पले क्षेतिग्रस्थ बनाएको कतिपय सम्पदाहरु पुननिर्माण हुँदैछन् । ऐतिहासिक अदालत भनवको नामले चिनेने जिर्न अवस्थामा रहेको अदालत भवनको पुननिर्माणको काम अझै सुरु भएको छैन । दिनप्रतिदिन जिर्न बन्दै गएको छ ।


स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, ललितपुरकी सूचना अधिकारी शारदा शिवाकोटीको अनुसार दिनप्रतिदिन जिर्न बन्दै गएको ऐतिहासिक अदालत भवन भारतीय दुताबासको सयोगमा निर्माण हुने पक्रियामा छ ।


सूचना अधिकारी शारदा शिवाकोटीले भन्नुभयो, ‘ऐतिहासिक अदालत भवनको पुननिर्माण भारतीय दुतावासको सहयोगमा निर्माण हुने भएको छ । वि.सं १९९० सालको भुकम्प अगाडि अदालत भवन तीन तलाको रहेको देखिएकोले पुरानै स्वरुपमा भवन निर्माण गर्नको लागि नक्सा पास भएको छ ।’


माटोको जोडाईमा इट्टाद्धारा निर्मित ऐतिहासिक अदालत भवनलाई वि.सं २०७२ सालको भुकम्पले थप क्षेति पु¥याएको थियो । भुकम्पपछि ऐतिहासिक अदालत भवन जस्तै अन्य राणाकालिन दरबार संरचनाहरु पनि पुननिर्माण भएका छैनन् । अहिले अदालत भवन पनि संरक्षणको अभावले भत्किने जोखिममा छ ।

सत्यमोहन जोशी मार्गमा रहेको अदालत भवनको एउटा कोठामा इलाका हुलाक कार्यालय छ । ‘पञ्चायतकालमा अदालत भवनमा जिल्ला हुलाक कार्यालय रहेको र जिल्ला हुलाक कार्यालय आफ्नै भवनमा सरेपछि अदाल भवनमा इलाका हुलाक कार्यालय रहेको इलका हुलाक कार्यालयकी कर्मचारी लिला खत्रिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले हुलाक कार्यालयमा जागिर गरेको करिब २८ वर्ष पुग्यो । अब यो अदाल भवन भत्काएर पुननर्माणको प्रक्रियामा छ भन्ने सुनेको छु । हाम्रो इलका हुलाक कार्यालय कहाँ सर्छ थाह छैन ।’


ऐतिहासिक रुपमा रहेको अदालत भवनलाई नेपालको प्राचिन स्मारक संरक्षण ऐन २०१३ (१९५६) २०७२ सालको भुकम्पबाट प्रभावित सम्पदाको संरक्षण सहित पुननिर्माणको लागि पुरातत्व विभागको आधारभुत निर्देशिकामा आधारित रहेर निमार्ण गरिनेछ ।

भवनको संरक्षण निती अन्र्तगत अदालत भवनको पुनस्थापनको लागि प्रस्ताव गरेको पुरातव विभागको भनाई छ । जिर्न अवस्थामा रहेको एतिहासिक अदालत भवनलाई भत्काएर पुननिमार्णको काम कहिलेदेखि सुरु हुन्छ भन्ने थाह छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button