विवाह र परिवार सम्बन्धि एक दिने सेमिनार सम्पन्न

चिवा, जापान – मे २०२५

जापानको चिवा नेपाली चर्चमा विवाह र परिवार सम्बन्धि एक दिने सेमिनार सफलता साथ सम्पन्न भएको छ। मण्डलीका युवाहरुलाई आत्मिक रुपमा सशक्तिकरण गर्दै विवाह र पारिवारिक जीवनप्रति बाइबलीय दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सेमिनारमा जापानका विभिन्न चर्चका युवाहरुको सक्रिय सहभागिता रहेको थियो।

सेमिनारमा चिवा नेपाली चर्चका साथै सृष्टि नेपाली चर्च र तोचिगी नेपाली चर्चका युवाहरुको उल्लेखनीय उपस्थिति थियो।
वक्ताको रुपमा आमन्त्रित पास्टर जोसुवा लेप्चाले विवाह र परिवारको महत्व, बाइबलीय शिक्षा र व्यवहारिक पक्षहरूमा आधारित शिक्षण दिनुभएको थियो। उहाँले विवाहलाई परमेश्वरको योजना र अनुग्रहको प्रतीकका रुपमा प्रस्तुत गर्दै आजको पुस्ताले पवित्रता र प्रतिबद्धताको साथ पारिवारिक जीवन निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो।

त्यस्तै, युवा सशक्तिकरणको विषयमा सोभा सुनुवारले प्रेरणादायी सन्देश दिनुभएको थियो। उहाँले युवाहरुलाई आत्मिक, सामाजिक र व्यक्तिगत जीवनमा सशक्त बन्ने उपायहरूमाथि प्रकाश पार्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button