विश्वका ५० देशहरुमा ख्रीष्टियनहरुलाई सतावट
असोज २७ (काठमाण्डौ)
वपन डोर नामक अन्तराष्ट्रिय संस्थाको प्रतिवेदन अनुसार २०२३ मा विश्वका ५० वटा देशमा येशूमा विश्वास गरेकै कारण सतावट खेप्नु परेको तथ्य फेला परेको छ ।
वपन डोर नामक अन्तराष्ट्रिय संस्थाको प्रतिवेदन अनुसार गत वर्ष मात्र विश्वभरीमा ६०० जनाले परमेश्वरमा विश्वास गरेको कारण ज्यान गुमाएका छन् भने २१०० भन्दा बढि चर्चहरुमा आक्रमण भएको छ ।
हाल २०२३ को तथ्याङ्क अनुसार १२४,००० भन्दा बढि परमेश्वरमा विश्वास गरेको कारण उनीहरु जबरजस्ती घरबाट निकालिएका छन् । त्यस्तै विश्वास गरेकै कारण विश्वभरीमा लगभग १५००० जनाले शरणार्थी जीवन बिताउनु परेको छ ।
सतावट खेप्नु परेका ५० देश मध्येमा २०२३ मा नेपाल भने समेटिएको छैन । २०२३ को अन्ततिर नेपाल र भारतको सीमा क्षेत्रमा विश्वासीहरुले सतावट खेप्नुपरेको छ । २०२१ र २०२२ को प्रतिवेदन अनुसार नेपाल पनि येशूमा विश्वास गरेको कारण सतावटसंग सामाना गर्ने देशको रुपमा समेटिएको थियो ।
वपन डोरको वार्षिक प्रतिवेदन अनुसार सतावट सहने ५० वटा देशहरु मध्येमा सबै भन्दा बढि सतावटको सामाना गर्नुपर्ने देशको रुपमा उत्तर कोरियालाई समेटेको छ । उत्तरकोरियामा येशूमा विश्वास गरेको थाह पाएमा बाँच्न समेत गाह्रो छ ।
नाइजरिया, अफ्रिका, पाकिस्तान लगायत अन्य देशहरुमा इस्लामवादी अतिवाद फैलिदै गएपछि ख्रीष्टियन धार्मिक समुदाय विरोधी गतिविधि भएको उल्लेख गरेको छ ।