विश्वमा धार्मिक सद्भावको सन्देश दिने, दलाई लामा र विसप डेस्मोण्ड टुटु

असोज १९ ।।
दक्षिण अफ्रिकाका बिसप डेस्मोण्ड टुटु र तिबत्तका बौद्ध भिुक्षु दलाई लामाको मित्रताले धार्मिक सद्भावको उज्यालो बाटो देखाएको देखिन्थ्यो । फरक धर्ममा आस्था राखेतापनि यी दुई व्यक्तिहरुले संसारमा धार्मिक सद्भावको सन्देश दिन चाहान्थे ।


सन् १९३१ म अफ्रीकामा जन्मिएका विसप डेस्मोण्ड टुटु ख्रीष्टियन धार्मिक समुदायका पास्टर हनुहुहुन्छ । जसले धेरै लामो समयमा चर्चमा सेवा पु¥याउनुभएको छ । ख्रीष्टियन विश्वासमा हुर्कीएका डेस्मोण्ट टुटुले संधै संसारमा धार्मिक सद्भाव चाहानुहुन्थ्यो । तिबत्तका अध्यात्मिक व्यक्तित्व बौद्ध भिुद्ध दलाई लामासंग असिम मित्रता कायम राखेका डेस्मोण्ड टुटुको सन् २०२१ डिसेम्बर २६ मा निधन भयो ।


दलाई लामा र विसप डेस्मोण्ड टुटु फरक धर्ममा आस्था राख्ने व्यक्तित्व भएपनि उहाँहरु बाल्यकालको उमेर जस्तै गरी जिस्किनुहुन्थ्यो । दलाई लामाले कहिले काँहि जिस्केर डेस्मोण्ड टुटुको टोपी निकालिदिनुहुन्थ्यो । अनी विसप डेस्मोण्ड टुटुले दलाई लामाको नाक समातेर जिस्काउनुहुन्थ्यो । कहिलेकाँहि जिस्केर मुस्कुराउँदै लखेटालखेट पनि गर्नुहुन्थ्यो ।


उमेरले दलाई लामा भन्दा विसप डेस्मोण्ड टुटु अलि उमेरले पाको हुनुहुन्थयो । संसारमा सद्भावको सन्देश दिन चाहने डेस्मोण्ड टुटुले संधै परमेश्वरसँग समय बिताउनुहुन्थ्यो । दलाई लामा पनि आफ्नो बौद्ध आस्थामाथि आत्मासाथ लागिरहनुहुन्थयो । तर दुबै जना फकक धर्मका गुरु भएपनि यी दुई जनाको मित्रताको सम्बन्ध पर्घाट थियो ।


दक्षिण अफ्रीकाका डेस्मोण्डले कहिलेकाँही दलाई लामासँग प्रश्न गर्नुहुन्थ्यो, ‘म यति कालो मान्छेसँग तिमीले किन मित्रता जोडेको ?’ भौगलिक रुपमा टाढा भएका यी व्यक्तिहरु सामाजिक सञ्जालबाट संधै साथीको नाताले कुरा गर्थेँ । साथी भएपछि कसैले कसैको धर्मको विरोध गर्ने कुरा आएन । एकले अर्काको धर्मको सम्मान गर्नुहुन्थ्यो ।


डेस्मोण्ड टुटु र दलाई लामाले जन्मदिन लगायत अन्य विभिन्न पर्वहरुमा एकले अर्कालाई शुभकामना आदानप्रदान गर्नुहुन्थ्यो भने कहिले काँहि दुबै जना खित्का छोडेर जानुहुन्थ्यो । बिसप डेस्मोण्ड टुटुको उमेर अलि धेरै भएको र स्वास्थ्यमा समस्या भएको कारणले दलाई लामाले आराम गर्न समेत सुझाव दिनुहुन्थ्यो । दुबैजना आध्यात्मिक भएको कारणले मृत्यु पछि स्वर्गको विषयमा समेत बहस हुन्थ्यो । तर कहिले एकले अर्काको मन दुखाउने अभिव्यक्ति दिनुभएन ।


दलाई लामा र ख्रीष्टियन समुदायका डेस्मोण्ड टुटुले जसरी मित्रतबाट सामाजिक तथा धार्मिक सद्भाव कायम गर्ने प्रयास गरिरहेका थिए ती दुई फकर धर्मका धर्म गुरुबाट हामीले सिक्नुपर्ने हुन्छ । हाम्रो मित्रताले हाम्रो समाजलाई सद्भावपूर्ण रुपमा अगाडि बढ्नलाई मद्धत गर्दछ । हामीले एकले अर्काको धर्मलाई सम्मान गर्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button