बालबालिकाहरुको लागि विश्व प्रार्थना दिवसकोअवसरमा प्रार्थना

काठमाडौँ, २३ जेठ – बालबालिकाहरुको लागि विश्व प्रार्थना दिवसको अवसरमा नेपाल प्रेयर काउन्सिल र नेपाल ख्रीष्टियन समाजको संयुक्त आयोजनामा शनिबार विशेष प्रार्थना कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको पुतलीसडकस्थित चर्चमा आयोजित कार्यक्रममा विश्वभरका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य तथा उज्ज्वल भविष्यका लागि सामूहिक प्रार्थना गरिएको थियो।

कार्यक्रममा नेपालका बालबालिकाहरूको वर्तमान अवस्था र भविष्यप्रति चिन्ता व्यक्त गर्दै विभिन्न सामाजिक र आध्यात्मिक पक्षमा प्रार्थना गरिएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न मण्डलीहरूका पास्टरज्यूहरू तथा बालबालिकासँग सम्बन्धित सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा बालबालिकाहरूले नृत्य प्रस्तुति समेत दिएका थिए। बालबालिकाहरूले देशको वर्तमान अवस्था र नेपाली चर्चको भूमिका सम्बन्धमा समेत प्रार्थना गरेका थिए।

नेपाल प्रेयर काउन्सिलका संयोजक धनराज घिमिरेले मण्डलीहरूले बालबालिकाप्रति विशेष माया र जिम्मेवारीका साथ व्यवहार गर्नुपर्ने आवश्यकता औँल्याउँदै, “बालबालिकालाई परमेश्वरको आज्ञाकारिता भित्र हुर्काउन मण्डलीले सकारात्मक वातावरण सिर्जना गर्नु आवश्यक छ,” भन्नुभयो।

उहाँले नेपालका धेरै बालबालिका शिक्षा, स्वास्थ्य र अभिभावकीय माया–ममता बाट वञ्चित रहेको तथ्यांक प्रस्तुत गर्दै मण्डलीहरूले यस्ता बालबालिकाहरूका लागि आश्रयको वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमले बाल अधिकार र उनीहरूको समुचित संरक्षणका लागि मण्डली तथा समाजले गर्नुपर्ने भूमिकालाई स्मरण गराएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button