शिंगिल एवेनेजर रानीधारा चर्चले मनायो २५ औँ वार्षिकोत्सव

साउन ३१ (२०८०) धादिङ
निलकण्ठ नगरपालिका वडा नं. ३ मा रहेको शिंगील एवेनजर रानीधारा चर्चले आफ्नो स्थापनाकालको २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ ।


२५ वर्ष अगाडि धादिङको निलकण्ठ नगरपालिका वडा नं. ३ मा केहि व्यक्तिहरुले गरेको संगतिबाट स्थापित भएको शिंगील एवेनजर रानीधार चर्चको २५ औँ वार्षिकोत्सव हिजो मंगलबार चर्चमा एक कार्यक्रम गरी मनाइएको हो ।

तस्बिर ः विश्वास थापा
२५ औँ वार्षिकोत्सव कार्यक्रमा प्रमुख अतिथीको रुपमा धादिङ जिल्ला क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय रामनाथ अधिकारी रहनुभएको थियो भने वक्ता तथा विशेष अथितिको रुपमा रेभ. डा.मंगलमान महर्जन ज्यू रहनुभएको थियो ।


शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि माननीय रामनाथ अधिकारीले आफू धादिङको जनताको जनप्रतिनिधि भएको कारण धादिङको जनताको आवश्यकता पूरा गर्नु जिम्मेवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “धादिङमा मैले दुई वा तीन वटा चर्च भवन बनाउनको लागि प्रतिवद्धता गरेको थिएँ, पहल गर्ने योजना बनाएको छु । म जुन पार्टीको व्यक्त भएपनि धादिङमा बसोबास गर्ने सबै धार्मिक सामुदायको साझा जनप्रतिनिध भएको कारण चर्चलाई माया गर्छु । तपाईँहरुलाई केही समस्या परेमा मलाई सम्झनुहोला ।”


रानीधार चर्चले २५ औँ वार्षिकोत्सवको अवसरमा मण्डलीको स्मारिका समेत प्रकाशन गरेको छ । प्रकाशित स्मारिकालाई प्रमुख अतिथि माननीय रामनाथ अधिकार र विशेष अतिथि तथा वक्ता रेभ. डा मंगलमान महर्जनबाट लोकापर्ण गरिएको छ ।
मण्डलीले कसरी २५ वर्ष पार ग¥यो र मण्डलीले के कस्ता चुनौतीहरु सामाना गर्नुप¥यो भन्ने विषयमा स्थानीय पास्टर लेक बहादुर तामाङले चर्चको इतिहासको बारमो बताउनुभएको थियो । उहाँले भन्नुभयो, “मण्डली स्थापनको समयमा परमेश्वरको बारेमा सुसमाचार सुनाउको लागि धेरै मेहनत गरेका थियौँ ।


वार्षिकोत्सव कार्यक्रममा अतिथिको रुपमा रहनुभएका पास्टर रेभ. विरु चार,रेभ. पास्टर गम्विर राईले शुभकामना दिनुभएको थियो । त्यसैगरी मण्डलीका रेभ. पा. कालीबहादुर तामाङले सेवाकाईको अनुभव प्रस्तुत गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button