संघर्षसाथ स्थापना भएको डोल्पा हिमालयन मण्डली
पा.तुलविर धराला
डोल्पा जिल्लामा परमेश्वरको सुसमाचार २०३० साल तिर पुगेको इतिहास छ । डोल्पामा सुसमाचार पु¥याउने पहिलो ब्यक्ति अर्थात मिसनरी मिक रोल्डिल जो ओ.एम को लिडर हुनुहुथ्यो । भौगलिक रुपमा निकै विकट अवस्थामा रहेको डोल्पा जिल्लामा त्यतिखेर आउजाउको लागि सहज बाटो थिएन । जटिल यात्रालाई पार गर्दै मिशनरी मिक रोल्गिल पुर्बी रुकुम ढोरपाटनको बाटो भएर डोल्पा पुग्नु भएको रहेछ ।
२०३० साल भन्दा केहि वर्ष अगाडि त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ मा जन्मेका नवीन के सि ले जागिरको शिलसीलामा जिल्ला बाहिर रहँदा नै विश्वास गर्नुभएको इतिहास छ । उहाँ सरकारी जागीरको सिलसिलामा धेरै बर्ष जिल्ला बाहिर रहनु भएको हुँदा डोल्पामा कसैल परमेश्वरमा विश्वास गर्ने मौका पाएनन् । र सुसमाचार सुनाउँने मान्छे पनि भएन ।
जब नवीन केसि जागिरको लागि डोल्पाको जुफालमा सरुवा हुनुभयोे अनि २०४५ सालमा डोल्पामा सुसमाचार कार्य अगाडि बढ्यो । त्येतिखेर पञ्चायतको समय थियो खुलेर प्रभुको बारेमा सुनाउन र बताउन पाइदैन थियो । आफ्नै परिबार भित्रकोे भएको हुँदा उहाँले मलाइ सुसमाचार सुनाउनु भयो र मलाइ उहाँले एउटा सम्मेलनमा पठाउनु भयो ।
जुन भारतको सिलगुडी मा रहेछ । त्यसको बक्ता पा.रेसम राज पौडेल हुनुहुदो रहेछ । उहाँको प्रबचन सुनेर मैले प्रभुलाई पाएँ । यो समय नेपाल मा पन्चायती ब्यबस्थाको अन्त तिर थियो । जब प्रभुलाई पाएर म घर फर्केँ मलाइ घर बस्न गाह्रो भयो । त्यतिन्जेल डोल्पामा इसाई कोहि थिएन सतावटको कारन घर छोडेर हिंड्नु पर्यो ।
२०४६ सालमा देशमा बहुदलीय ब्यबस्था आइसकेपछि डोल्पामा सुसमाचारको ढोका खुल्न अलि सजिलो भएको देखिन्छ । सलोन कार्थक, आदरणीय स्व.पास्टर रोबर्ट कार्थक, पास्टर रोल्यान्ड रगोँग र २०४८ सालमा महेश थान्जु लगायतको अथक प्रयासले डोल्पामा सुसमाचार को बीउ छर्ने काम भयो । डोल्पाका बासिन्दाहरुले विश्वास परमेश्वरमा विश्वास गर्न थाले ।
म सतावट्कै कारन त्यतिन्जेल सम्म घर फर्कने अवस्था थिएन । म सेवकाइमै देशको विभिन्न जिल्लामा सुसमाचार सुनाउने काम गरिरहेको थिएँ । डोल्पामा चर्च स्थापना होस् भनेर निरन्तर प्रार्थना गर्थेँ । २०४६ सालमा डोल्पामा संगति सुरु भएता पनि मण्डली भवन २०५३ सालसम्म बन्न सकेन ।
आफ्नो जिल्ला छोडेर अन्य जिल्लाहरुमा सेवकाई गर्दा मलाई मैले गरेको सेबकाइमै सन्तुष्ट थिएन । खाली गाउँको मात्र याद आउथ्यो । एक दिन मैले काम गर्ने संस्थाको प्रमुखसँग सल्लाह गरँे, “म आफ्नै गाउँमा सेबकाइ गर्न जान्छु ।” उहाँ आफै पनि डोल्पा पुग्नुभए थियो । डोल्पाको भौगलिक अवस्था र त्यहाँको जनजीवन उहाँलाई थाह थियो । त्यतिखेर अहिले जस्तो डोल्पा थिएन । देशमा बिद्रोहको आगो बल्दै थियो । उहाँले मलाई प्रार्थना गर मात्र भन्नू भयो ।
मेरो मनमा शान्ति थिएन । डोल्पा पुगेर चर्च सुरु गर्नुपर्छ भन्नेकुरा मात्र मनमा खेलिरहन्थ्यो । २०५२ सालमा पोखरामा बाइबल अध्ययनका लागि परिवार सहित गैयौँ र २०५३ सालको फागुन महिनामा हामी फेरि डोल्पा फर्कियौँ । धेरै समय राती लुकेर संगती गरियो ।
मेरो श्रीमती मेरो भिनाजु लगायत हामी पाँच जनाबाट डोल्पाको हिमालय मन्डलिको सुरुवात भएको हो । हाल मण्डली बृद्धि भएर डोल्पामा १७ ठाउँमा संगति हुन्छ । रुकुम, जाज, जाजरकोट र जुम्लासम्म सुसमाचार र संगति फैलदै गएको छ ।
डोल्पा जिल्लामा मन्डली स्थापना गर्नको लागि नवीन केसि परिबार ज्ञानेस्वर चर्च र त्यहाँका अगुवाहरुको ठूलो भुमिका छ । बिधिबत रुपमा चर्च २०५४ सालमा स्थपना भएको हो
। हाल हाम्रो हिमालय मण्डलीको आफ्नै भवन छ । सबै गरेर २०० भन्दा बढी बिस्वासी मिलेर संगती गर्दैछौँ । धेरै स्थानमा मन्ड्ली स्थापना हुन बाँकी छ भौगोलिक अबसथा कठिन छ । भौगलिक रुपमा धेरै विकट भएको कारण डोल्पामा विकास पुग्न सकेको छैन प्रार्थनामा सम्झिदिनुहोला ।