सतावटको डर र सुसमाचार

विश्वको धार्मिक तथ्याकंलाई हेर्ने हो भने सबै भन्दा इसाईहरुको संख्या छ । दक्षिण एसियाका केहि देशहरुरुमा मात्र ख्रीष्टियहरु अल्पसंख्यकमा छन् । तर हाम्रो विश्वास भनेको अल्पमत र बहुमतमा अल्झिने विश्वास होइन । किनकि हाम्रो चाहाना भनेको धेरै मानिसहरुले परमेश्वरमा विश्वास गरेर अनन्त जीवन प्राप्त गरुन् भन्ने हो । संख्या बढाउनु हाम्रो महान योजना होइन । हामीले सुसमाचार सुनाएर चर्चमा आएका सयौँ व्यक्तिहरुहामा बाक्सलाइट भएका छन् त्यो उनीहरुको समस्या हो तर हामीले त उनीहरुलाई सुसमाचार त सुनाएकै हौँ ।


पछिल्लो अवस्थामा नेपाली इसाई समुदायका धेरै व्यक्तिहरु केहि सामान्य सतावट देखेर त्रसित भएको देखिन्छ । सुसमाचार सुनाउनुपर्छ भन्नुको मतलब सडकमा गएर कराएर सबैले प्रचार गर्नुपर्छ भनेको होइन । घरघरमा गएर बाइबल बाँड्नुपर्छ भनेको पनि होइन । हामीले हाम्रा मान्छेहरुलाई सुसमाचार सुनाउने धेरै तरिकाहरु छन् । सबै भन्दा महान तरिका भनेको हाम्रो काम र बेवाहार हो । यदि हाम्रो छिमेकीको अगाडि असल ख्रीष्टियन चरित्रको बेवहार देखाएमा सडकमा खुल्ला प्रचार गर्न जानुनै पर्दैन । यदि कोहि जानुहुन्छ भने पनि ठीक छ तर खुल्ला प्रचार गर्नुकोको पनि तरिका चाहिन्छ । व्यक्तिगत आक्षप र अरुको धर्मलाई ठेस पुग्नेगरी प्रचार गरेमा कानूनले अतकडी लगाएर थुन्न पनि सक्छ ।


अहिले धेरै ख्रीष्टियन संघसंस्थाहरु छन् । उनीहरुले समाजमा धेरै राम्रो काम पनि गरेका छन् । तर, उनीहरुले गरेको राम्रो कामदेखि नै उनीहरु आफै डराएका छन् । महान सेवा गर्दागर्दै हतकडी लगाउने कानून कतै छैन । महान व्यक्तिहरुले गरेका राम्रो कामहरु अरुले पनि देख्न पाउँनुपर्छ र सुन्न पाउँनुपर्छ किनकि त्यो पनि एउटा सुसमाचार हो । पछिल्लो अवस्थामा मण्डलीका युथ क्याम्प देखि लगेर विभिन्न गतिविधिहरुको तस्बिर सामाजिक सञ्जालमा राख्नको लागि समेत धेरै व्यक्तिहरु डराएको देखिन्छ । यदि ख्रीष्टको खातिर राम्रो काम हामीले गरेका छौँ भने डराउनुपर्ने किन ? खासमा त्यहाँ डराउँनुपर्ने कारण नै छैन । आफ्नो आस्थाको अभ्यास गर्न पाईन्छ । अरुलाई जवरजस्ती धर्म परिवर्तन पो गराउँन पाइदैन त । आफ्नो आस्थाको अभ्यास गर्न पाउँनु अधिकार हो ।


सामाजिक सञ्जालमा समाज र अन्य धार्मिक समुदायलाई ठेस पुग्ने क्रियाकलाप हामीले पोष्ट गर्नुहुदैन । यदि तपाईँले गरेको असल काम अरु कसैले सामाजिक सञ्जाल अर्थात न्यूज पेपरमा पढेर वा देखेर आशिषत हुन्छ भने त्यो पनि एउटा महान सुसमाचार हो । डराएर सुसमाचार हुँदैन । कतिपय व्यक्तिहरु सामाजिक सञ्जालमा देखिन नचाँहानुहोला त्यो आफ्नो ठाउँमा छ तर हामीले सुसमाचार अब राम्रो कामबाट गर्नुपर्ने हुन्छ । दिनदुःखीहरुलाई सहयोग गरौँ । अभाव र खाँचोमा परकाहरुको लागि प्रार्थना गरौँ । देशको लागि प्रार्थना गरौँ र अन्य मानिसहरुभन्दा फरक र रचनात्मक कार्य गरौँ अनी सामाजिक सञ्जालबाट सुसमाचार प्रचार गरौँ । किनकि हामीले राम्रो कामको प्रचार गर्ने हो धर्मको प्रचार गर्ने होइन । त्यसकारण हामी डराउँनुपर्छ जस्तो लाग्दैन । अन्य धार्मिक समुदायको महान आस्थालाई सम्मान गर्दै हामीले हाम्रो असल कृयाकलाप गर्न डराउँनु पर्दैन । हामीले गरेका असल कृयाकलाप सुसमाचार हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button