सतावटको बीचमा पनि भारतमा एक पास्टरको अटल विश्वास

कार्तिक २ (काठमाण्डौ)
भारतको उत्तरप्रदेशमा एक पास्टरलाई धर्म परिवर्तन गराएको आरोपमा गत सप्टेम्बर २४ मा प्रहरीले चौथो पटक सम्म अनुसन्धान ग¥यो । जवरजस्ती धर्म परिवर्तन गराएको आरोपमा पास्टर २ पटक समेत पक्राउ पर्नु भएको थियो ।


आफ्नो व्यक्तिगत चाहना अनुसार परमेश्वरमा विश्वास गरेर परमेश्वरको सेवकाई गरिरहनुभएका पास्टरसँग सतावटको बीचमा पनि सेवा गर्ने अटल बिश्वास रहेको छ ।


भारतको उत्तरप्रदेश स्थित बहराइच जिल्लाको सेमराहना गाउँमा पास्टरीय सेवा गर्ने पास्टरको आधिकारिक नाम श्रीराम हो र उहाँ श्रीरामकै नामले चिनिहुन्छ । पास्टर श्रीरामले परमेश्वरमा विश्वास गरेर पास्टरीय सेवाकाई गर्दै आउँनुभएको छ ।


त्यहाँको प्रहरी प्रशासनले रोक्न खोजेता पनि पास्टर श्रीरामले आफ्नो आस्थालाई बचाएर पास्टरीय सेवकाईमा निरन्तर लागिरहनुभएको छ । हाल उहाँको ठूलो मण्डली नभएपनि २५ देखि ३० जना मण्डलीका सदस्यहरु रहेको बताइएको छ ।


पक्राउ परेता पनि धर्म परिवर्तनको आरोप लगाए पनि उनीहरुले जेल हालेतापनि परमेश्वरको सेवा गर्न र परमेश्वरको पुकार गर्नबाट कसैले रोक्न नसक्ने पास्टरी श्रीरामकी पत्नी ४५ वर्षिय शुकुन्तलाले बताउनुभएको छ ।

बिरोधीहरुले औपचारिक उजुरी गरेपछि उमेरले ५१ वर्षीय श्रीराम सन् २००४ मा हिरासतमा समेत रहनुभएको थियो ।
यो समाचार ख्रीष्टियन टुडेमा प्रकाशित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button