सबै धार्मिक समुदायका युवाहरु कर्णाली विकासमा लागौँ ः मुख्य मन्त्री कडेल

सुर्खेत, २२ असोज ।। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले सबै धार्मिक समुदायका युवाहरु कर्णालीको विकासमा जोडिनुपर्ने बताउनुभयो ।


कर्णाली प्रदेश इसाई यकता सञ्जाल समिति र सुर्खेत इसाई समाजले आज मंगलबारबाट बिरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलनमा मन्त्री कडेलले यस्तो बताउनुभएको हो ।


आजदेशि असोज २४ गतेसम्म चल्ले शिखर सम्मेलनलाई संबोधन गर्दै मन्त्री कडेलले संविधानले सबै जाति,भाषा र धार्मिक समुदायको अधिकारको प्रत्याभुति गरेकोले कर्णाली प्रदेश इसाई एकता सञ्जाल समितिले शिखर सम्मेलनको आयोजना गरेकोमा आफू सकारात्मक रहेको बताउनुभयो ।


मन्त्री कडेलले कर्णाली प्रदेश, प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको र कर्णाली प्रदेशको सुन्दरता अझै देशलाई चिनाउन नसकेकोले कर्णाली प्रदेशको विकासमा सबै धार्मिक समुदाय जोडिनुपर्ने बताउनुभयो ।


उहाँले भन्नुभयो, “आजका युवाहरु भोलीका कर्णधारमात्र होइनन्, युवाहरु आजका विकासका हकदारपनि हुन् । त्यसकारण सबै युवाहरु कर्णाली विकासमा जोडिएर कर्णाली प्रदेशलाई बिकट र पिछडीयको समुदाय बस्ने प्रदेश होइन प्राकृतिक र संस्कृतिक रुपमा धनी प्रदेशको रुपमा चिनाउनुपर्छ ।”


त्यसैगरी आयोजित शिखर सम्मेलन उद्घाटन समारोहका सभाध्यक्ष तथा कर्णाली प्रदेश इसाई एकता सञ्जाल समितिका अध्यक्ष पास्टर पदम गैरेले आमन्त्रीत सबै अतिथिहरुलाई धन्यवाद दिदै ख्रीष्टियन युवाहरु आत्मिक जागृतिकासाथ कर्णाली बिकासमा जोडिनुपर्ने बताउनुभयो ।


अध्यक्ष गैरेले, नेपालको संविधान २०७२ ले सबै धार्मिक समुदायको सामान अधिकारको सुनिश्चितता गरेतापनि कतिपय ठाउँमा ख्रीष्टियन धार्मिक समुदायको आस्थामा आक्रमण हुन लागेकोले आफूलाई दुःख लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“कर्णाली प्रदेश प्राकृतिक र संस्कृतिक रुपले धनी छ, हामी सबै जाति, भाषा र धर्ममा आस्था राख्ने समुदायहरु मिलेर बसेका छौँ । त्यसैले हामी सबै मिलेर कर्णाली प्रदेशको हितमा काम गर्नपर्छ । ख्रीष्टिय युवाहरु अझ बढी सक्रिय रुपमा बिकासमा जोडिनुपर्छ ।”


कर्णाली प्रदेशको दश जिल्लामा स्थापना भएका विभिन्न चर्चबाट सहभागी हुनेगरी अयोजना गरेको शिखर सम्मेलन असोज २४ गतेसम्म चल्ने कर्णाली प्रदेश इसाई एकता सञ्जाल समितिले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button