समलिंगी विवाह नेपाली संस्कृतिको लागि घातक छ ः डा के.बी रोकाय
काठमाण्डौँ, २५ भदौ
समलिंगी विवाह दर्ता गर्न सरकारलाई सर्बोच्चले दिएको अन्तरिम आदेशप्रति ख्रीष्टियन समुदायका अगुवा डा. केबी रोकायले आपत्ती जनाउनुभएको छ । डा.के.बी रोकायले सरकारले समलिंगी विवाह दर्ता गरी प्राकृतिक नियम विपरित कार्य गरेको बताउनुभयो ।
आज मंगलबार काठमाण्डौँ एन.सि. एफ र नेपाल ख्रीष्टियन समाजले आयोजना गरेको समलिंगी विवाहसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा डा.के.बी रोकायले यस्तो बताउनु भएको हो ।
“विश्वको २१० राष्ट मध्येमा जम्मा ३५ वटा राष्टले समलिंगी विवाहलाई मान्यता दिएका छन् त्यसमा समलिंगी विवाहलाई मान्यता दिएर नेपाल दक्षिण एसियाको पहिलो देश बनेको छ । प्राकृतिक नियम विपरित काम गरेर नेपाल दक्षिण एसियाको पहिलो बनेको छ यो राम्रो संकेत होइन ।” डा. रोकायले भन्नुभयो, “समलिंगी विवाहले नेपालको संस्कृतिलाई पाखा लगाउने सम्भावना छ ।”
बाइबलले समलिंगी विवाहलाई पाप भन्छ र ख्रीष्टियनहरुले समलिंगी विवाह गरेर परमेश्वरको बचन बाइबल बिपरित कार्य गर्नु हुँदैन । किनकि परमेश्वरको सृष्टिमा हरेकको जोडि छ । बोटविरुवादेखी, चराचुरुगीं, जीवजन्तु सबैमा दुईवटा जोडी छ । जस्तै महिला—पुरुष, भाले—पोथी लगायत अन्य ।
समलिंगी विवाहलाई रसिया, भारत लगायत अन्य धेरै देशमा मान्यता दिएको छैन । नेपालले पनि यसलाई मान्यता दिनुहुँदैन । यसले नेपाली संस्कृतीमा झन ठूलो हानी गर्ने केबि रोकायको भनाई छ ।