समलिङ्गी जोडीहरुको निम्ति प्रार्थना गर्न बिशपहरुको अस्वीकार

असोज २५ (काठमाण्डौँ)

समलिङ्गी जोडिहरुको निम्ति आशिर्वादको प्रार्थना गरिदिने चर्च अफ इङ्गल्याण्डका विशपहरुले अस्विकार गरेका छन् ।


असहमत जनाउने विशपहरू मध्ये ब्ल्याकबर्नका विशप, फिलिप नर्थ, ल्यान्कास्टरका विशप, जिल डफ, चेचेस्टरका विशप, मार्टिन वार्नर, र शेफिल्डका विशप, पीट विल्कोक्स लगायतका रहेका छन् ।


गत सोमबार संयुक्त कथन जारी गर्दै बिशपहरुले समलिङ्गी जोडिहरुको लागि प्रेम र विश्वासको कदर गरी आशिवार्दको प्रार्थना गर्न मिल्ने प्रस्ताव अगि सारेका थिए । केहि देशहरुमा समलिङ्गी जोडिहरुलाई कानूनीरुपमा विहे गर्ने मान्यता पनि दिएको छ ।


हाउस अफ बिशपले समलिङ्गी जोडिहरुको निम्ति आशिर्वादको प्रार्थना गर्ने प्रस्तावलाई पारित गर्नको लागि जनरल सिनोडमा दुई तिहाई बहुमत चाहिन्छ, जुन सन् २०२५ मा डायोसिसहरूसँग परामर्श पछि मतदान हुने अपेक्षा गरिएको छ ।


गत सोमबार समलिङ्गी जोडिहरुको निम्ति पनि आशिर्बादको निम्ति प्रार्थना गर्ने प्रस्तावित निर्णयप्रति असहमत जनाउने विशपहरुले राम्रो र उचित शासनको दायित्वलाई ध्यानमा राख्न आह्वान समेत गरेका छन् ।


उनीहरुले भनेका छन्, “वास्तवमा, सदनले प्राप्त गरेको कानून र धर्मशास्त्र बाइबलले दिएको सल्लाहले हामीलाई स्पष्ट रूपमा बुझाएको छ । त्यकारण समलिङ्गी जोडिहरुको लागि आशिवार्दका प्रार्थना गर्ने सदनका निर्णयहरू लाभदायिक छैनन् ।


‘असहमती जनाउने विशपहरुले भनेका छन्, ‘हामी सदनले गरेका सामूहिक निर्णयहरूलाई समर्थन गर्न असमर्थ छौं जुन हामी विश्वास गर्छौं कि पास्टरल स्थिरता, मिशन र चर्चको एकताको रक्षा गर्न यस निर्णयले असफल बनाउछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button