सहकारी संस्थाहरु बदनाम भएको बेला, बेथेल सहकारी संस्थाले बचतकर्ताको मन जित्दै
काठमाण्डौँ, ३० कात्तिक ।। स्थापनाकालदेखि हालसम्म करिब १२ सय शेयर सदस्य रहेको बेथेल बचत तथा ऋण सहकारी संस्था लि. ले अन्य सहकारी संस्थाहरु बचतकर्ताको रकम हिनामिना गरेको कारण बदनाम भएपनि यस संस्थाले बतकर्ताको मन जितेको छ ।
बेथल बचत ऋण सहकारी संस्था लि. ले १३ औँ वार्षिक साधारण सभा सम्मपन्न गरेको छ । आज शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी सहकारी संस्थाले १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
धेरै सहकारी संस्थाहरुले बचतकर्ताले बचत गरेको रकम हिनामिना गरेको खबर देशभर छताछुल्ल भएपनि बेथेल बचत तथा ऋण सहकारी संस्थाले १३ वर्षदेखि निरन्तर शेयर सदस्य र बचतकर्ताको मन जितेको छ । निरन्तर वार्षिक साधारण सभाको आयोजना गर्दै आएको यस संस्थाको विवरण पार्दशिताकासाथ राखेको छ ।
हालसम्म एक हजार एक सय ८९ जना शेयर सदस्य रहेको बेथल बचत तथा ऋण सहकारी संस्थाले संस्थालाई आर्थिक रुपमा बलियो बनाउने लक्ष राखेको छ । १३ औँ वार्षिक साधारण सभाको उपल्क्षमा संस्थाका अध्यक्ष बि.एन पण्डीतले केही सहकारीले गरेको बदनामको कारण सबै सहकारी संस्थाहरु बदान हुन पुगेको बताउनुभयो ।
अध्यक्ष पण्डितले अन्य सहकारी संस्था जस्तो बेथेल बचत तथा ऋण सहकारी संस्था नभएकोले बचतकर्ताले ढुक्कसंग ऋण लिन र बचत गर्न आह्वान गर्नुभएको छ । उहाँले समाजमा आर्थिक रुपमा पछि परेकाहरुकालागि नीति, विधि र प्रविधिलाई प्रयोग गर्दै सहयो गरेर आफ्नो संस्था लक्ष्यमा हिडेको बताउनुभयो ।