सात वर्षपछि रोल्पाको त्यो सुसमाचार यात्रा सम्झिदा
असोज ५ ।। पछिल्लो समयमा एउटा सुसमाचारीय यात्राको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको देखिन्छ । धेरैलाई लाग्न सक्छ यो भिडियो कहाँको हो ? तर यो भडियो २०७३ साल असौजमा बेथेल मण्डली लिवाङ रोल्पाले आयोजना गरेको मण्डली भेटघाट तथा सुसमाचार कार्यक्रमको हो ।
२०७३ सालमा रोल्पाको बेथेल मण्डलीको करिब १५ वटा जति शाखा चर्चहरुको युवाहरु मिलेर एक हप्ताको मण्डली भेटघाट तथा सुसमाचरीय यात्रामा हिडेको उक्त सुसमाचरीय कार्यक्रममा सहभागी दिपक पुन बताउनुहुन्छ ।
दिपक पुन भन्नुहुन्छ, ‘सात वर्ष अगिको भिडियोलाई दुई वर्ष अगि ख्रीष्टियन नेपाल नामक युट्युव च्यानलमा राखिएको थियो । त्यहि भिडियोलाई क्रुसको यात्रा नामक फेसबुक पेजबाट सार्बजनिक भएपछि त्यो दिनको सुसमाचारीय कार्यक्रमलाई धेरैले हेर्ने मौका पाउनुभयो ।
रोल्पाको सदरमुकाम लिबाङबाट सुरु गरेको मण्डली भेटघाट तथा सुसमाचार यात्रामा यात्रै पिच्छे युवाहरु जोडिदै जानुभएको थियो । रोल्पाको खुङ्ग्री, सुलिचौरी, सिर्प, लगायतका अन्य विभिन्न गाउँहरुमा पुगेर मण्डलीलाई भेटेर उत्साह दिने काम सुसमार समूहले गरेको थियो ।
त्यसैगरी रोल्पा प्यूठानको बीचमा रहेको लिस्ने लेकमा पुगेर सबै युवाहरुले देशको शान्ति र समृद्धि अनी नेपालीहरुको लागि प्रार्थना गरेको सम्झना गर्नुहुन्छ कार्यक्रममा सहभागी बेथेल मण्डली रोल्पाका सदस्य दिपक पुन । मण्डलीलाई उत्साह दिनेक्रममा संगति प्रार्थना र भजन समेत गाउँदै उत्साह दिइएको थियो ।