सामाजिक सद्भाव कायम राखौँ ः हर्क साम्पाङ राई

भदौ ८, सुनसरी ।।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले संयमित हुँदै सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले सामाजिक र आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरान नगरवासीहरूमा अपील जारी गर्नुभएको हो ।

पछिल्लो समय धरानमा जातीय र धार्मिक द्वन्द्व बढ्ने खतरा बढ्दै गएका बेला उहाँले उक्त विज्ञप्ति जारी गर्नुभएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो ।”

समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु,’ उहाँले आग्रह गनुएभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button