सामाजिक सद्भाव कायम राख्नलाई बुझ्नुपर्ने सत्यता

मानप्रसाद रिजाल

सत्यताले मानिसको जिवनमा आएका समस्याहरुको समाधान गर्न सहायता गर्छ । धेरै जना मानिसहरु सत्य कुरा थाहा नपाएर वा बुझ्न नचाहेर नै कुनै बिषय प्रति गलत धारणा बनायका हुन्छन् । जुन भयानक हुन्छ । यि दिनहरुमा सामाजिक सन्जालहरुमा धेरै मानिसहरुले सामाजिक सदभाव भड्किने खालको अभिव्यक्ति दिइरहेका देख्न सकिन्छ ।

केहि मानिसहरुले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न तेसो गरेका छन् भने कतिले अन्जान मै अरुको बहकाउमा लागेर तेसो गरेका छन् । कति जना इसाई मित्रहरुले पनि सायद बाइबलिय सिद्धान्त नबुझेर होला सामाजिक र धार्मिक सदभाव भड्किने खालको अभिव्यक्ति सामाजिक सञ्जालमा राखेको देखिन्छ । यदि हरेक विश्वासीले सामाजिक सदभाव राख्नुपर्छ भन्ने कुरा बुभ्mन सक्यौ भने हाम्रो तर्फ बाट थोरै भए पनि योगदान रहनेछ । मैले यो लेखमा जोड दिन खोजेको मुख्य कुरा हरेक विश्वासीले सामाजिक सदभाव राख्नुपर्छ भन्ने नै हो । अब हामी हेर्ने छौ किन हरेक विश्वासीले सामाजिक सदभाव राख्नुपर्छ रु

१. हरेक विश्वासीले सामाजिक सदभाव राख्नु पर्छ किनकी सबैको सृष्टिकर्ता एउटै हुनुहुन्छ ।

उत्पत्ति १ः२६–२७

द्दट अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।” द्दठयसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

उत्पत्ति २ः७

ठ तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।

सामाजिक सदभावले समाजमा रहेका जुनसुकै धर्म, जात, भुगोल, भाषा र चालचलन भएका मानिसहरुलाई मिलेर बस्न सिकाउछ । जुन समाजमा सामाजिक सदभाव रहेको हुन्छ त्यो समाजमा सबैले एक अर्काको अस्तित्व र बिचारलाई स्वीकार गरेका हून्छन । यस्तो समाज दोन्द्ध रहित एकता भएको र उन्नत समाज हुन्छ ।

      संसारमा ८ अर्ब मानिस छन् । नेपालमा २,९१,६४,५७८ मानिस, १४२ प्रकारका जातजाती, १२४ वटा भाषा र १० प्रकारका धर्म मान्ने मानिसहरु छन् । यि सबैको विचार र आस्था फरक भए तापनि सृष्टिकर्ता एउटै हुनुहुन्छ । त्यसैले हामी सबैले एक अर्काको विचार र अस्तित्वलाई स्वीकार गर्दै सामाजिक सदभाव राख्न सक्यौ भने सबैको हित हुन्छ । एउटा धर्ममा आस्था राख्ने व्यक्तिले  अर्को धर्ममा आस्था राख्ने व्यक्तिलाई स्वीकार नगर्ने, १४२ जातका मानिसले आफु मात्र ठुलो भन्ने र सबैले आफ्नो भाषालाई मात्र सभ्य ठान्ने हो भने समाज समाज नै रहन्न । त्यसैले समाजमा बसि सके पछि सामाजिक सदभाव राख्नुको विकल्प छैन । विश्वासी हुनुको नाताले निम्न कुराहरु द्धारा सामाजिक सदभाव राख्न सकिन्छ ।

क. आफ्नो छिमेकीलाई आपmैलाई जस्तै प्रेम गरेर ।

मत्ति २२ः३९

ुु दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू। ुु

यो पृथ्वीमा बस्ने सम्पुर्ण मानव जाती हाम्रो छिमेकी हुन् । हाम्रो छिमेकीको आस्था र विचार हामी भन्दा फरक हुन सक्छ तर पनि ती छिमेकीलाई आफैलाई जस्तै माया गर्नु हाम्रो दायित्व हो । एक छिन सोच्नुहोस् त के तपाईले आफ्नो कुभलो चाहनुहुन्छ रु हो चाहनु हुदैन । त्यसरी नै हामीले आफ्नो छिमेकीको कुभलो चाहनु हुदैन । जब हामीले हाम्रो छिमेकीलाई प्रेम गर्न थाल्छौ उनीहरुले पनि हामीलाई प्रेम गर्न थाल्छन् । सम्बन्ध बलियो हुदैजान्छ । आवश्यकता परेको बेला सहयोगी हात अगाडी बढ्छ । आपसी समझदारी बढ्छ । जसले गर्दा सामाजिक सदभाव वलियो हुन्छ ।

ख. अरुको होईन आफ्नै धन्दाको पछी लाग्ने ।

१ थेसलोनीकी ४ः११–१२

ज्ञज्ञ हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्‍त रहने, आफ्‍नै धन्‍धाको फिक्री गर्ने र आफ्‍नै हातले काम गर्ने प्रयत्‍न गर, ज्ञद्द ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर।

कति जनाको बानी हुन्छ आफ्नो काम कुरो भन्दा अरुको खेदो खन्न रुचाउने । अरुले के गरीरहेको छ त्यसको पछी लाग्ने । सामाजिक सन्जालमा अनावश्यक कमेन्ट गर्ने । सामाजिक सन्जालमा जे पायो तेही लेख्ने र अरुको आस्थामाथि चोट पु¥याउने । यसो गर्नु एउटा विश्वासीको नाताले राम्रो होइन । जो व्यक्ति आफ्नो धन्दामा लाग्छ त्यसले समाजमा आदर पनि पाउछ तर अरुको चासो गर्दै हिड्ने व्यक्तिले सदभाव खलबल्याउछ । बाइबलमा लेखियको छ कुरौटेले घनिष्ट मित्रमा फाटो ल्याउछ । त्यसैले अरुको चासो गर्नुको साटो बडो लगनशिल भयर आफ्नो धन्दामा लागियो भने समाज बाट आदर पनि पाइन्छ र सदभाव पनि कायमा रहन्छ ।

ग.अरुलाई रीस उठ्ने काम नगर्ने

गलाती ५ः२६

हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्‍या नगरौं।

एउटा विश्वासी हुनुको नाताले हामी अरुको भावना प्रति संवेदनशील हुनु पर्दछ । अन्य विश्वासमा आस्था भएका मानिसहरुलाई रीस उठ्ने वा डाहि तुल्याउने काम गर्नु हुदैन । धेरै जनाले बप्तिस्मा दिएको, ग्रहण गराएको, सुसमाचार प्रचार गर्न हिडेको फोटो वा भिडियो सामाजिक सन्जालमा पोस्ट गरेको देखिन्छ । यस्ता कुरा सामाजिक सन्जालमा राख्नु भन्दा पहिले मैले यो किन राख्दैछु भनेर आफुले आफैलाई प्रश्न गरौ । हामीले मानिसलाई देखाउन होइन तर परमेश्वरको महिमाको लागि काम गर्नु पर्छ । तपाईको कामको उचित मुल्याङ्कन प्रभुले गर्नु नै हुनेछ तर अनावश्यक कुरा सामाजिक सन्जालमा राख्दा यसले विवाद निम्त्याउन सक्छ । कोही व्यक्तिले प्रभुलाई ग्रहण गर्नु हाम्रो लागि खुशीको कुरा हो तर जुन सम्प्रदाय बाट उ आयो त्यो सम्प्रदायको लागि खुशीको कुरा नहुन पनि सक्छ । हामीले उसको फोटो सामाजिक सन्जालमा राखिदियौ भने उ जुन सम्प्रदाय बाट आएको हो त्यो सम्प्रदायको मानिसलाई रीस उठ्न सक्छ । त्यसैले प्रभुको काम देखावटीमा होइन तर साधारण तरिकाले गरेकै राम्रो हुन्छ । यसो गर्नाले सामाजिक सदभाव कायम रहन्छ ।

घ. सतावट पर्दा रमाउने ।

मत्ती ५ः ११–१२

“धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌। ज्ञद्दतब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।

एउटा साचो विश्वासी सतावट बाट बच्न सक्दैन । कती पटक हामीले गर्दै नगरेको आरोप हामीलाई लाग्ने गर्छ । जबरजस्ती धर्म प्रचार गरेकोे झुटो आरोप लाग्नु त सामान्य जस्तो भई सक्यो । हामीले उद्धारकर्ता येशुलाई विश्वास गरेकै कारण हामीलाई सताइन्छ र झुटो आरोप लगाइन्छ भने हामी दुखित र निराश हूनुको साटो रमाउनु पर्छ । येशुले भन्नु भयो हाम्रो लागि स्वर्गमा इनाम ठुलो हुनेछ ।

ङ. प्रतिशोध नलिने ।

मत्ती ५ः ३९

तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।

येशुले हामीलाई दिएको शिक्षा प्रतिशोध लिने होइन बरु कसैले हाम्रो दाहिने गाला चड्काउदा त्यसलाई अर्को गाला पनि थापिदिने हो । यसो ग¥यौ भने सम्भावित ठुलो यृद्ध बाट बच्न सकिन्छ । यो बचनले भन्न खोजेको कुरा आफ्नो आत्म रक्षा नगर भनेको होइन हामी माथि हमला हुदा सुरक्षित हुनु राम्रो कुरा हो तर कसैले हाम्रो अपमान गर्छ भने सहनु पर्छ भनेको हो । हामीले प्रतिशोध लिन थाल्यौ भने समाजमा झन ठुलो विवाद आउछ । यसले सामाजिक सदभाव भड्काउने काम गर्दछ ।

च.सताउनेको लागि प्रार्थना गर्ने ।

मत्ती ५ः४४

तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,

हामीले धार्मिक तथा सामाजिक सदभाव राख्नको लागि हामीलाई सताउने मानिसको लागि, अराजकता फैलाउने र यो देशमा शासन गर्ने मानिसको लागि निरन्तर प्रार्थना गर्नु पर्दछ । प्रार्थना भनेको हाम्रो हतियार हो । जसले समाजमा शान्ति र अमनचयन कायम गर्न सक्छ ।

      हाम्रो समाजमा विभिन्न धर्म, जात र भाषा वोल्ने व्यक्ति छौ । यि सबै मानिसको सृष्टिकर्ता एउटै हुनुहुन्छ । त्यसैले सबै मिलेर बस्यौ भने प्रभुको महिमा हुन्छ । एउटाले अर्काको अस्तीत्व स्वीकार गरि बस्नु पर्छ । हामी विविधताले भरिएका मानिस हौ र पनि एक अर्कालाई स्वीकार गरेर मिलेर बस्यौ भने सामाजिक सदभाव बलियो हुन्छ ।

२. हरेक विश्वासीले सामाजिक सदभाव राख्नुपर्छ किनकी परमेश्वरले सबैलाई प्रेम गर्नुहून्छ ।

यृहन्ना ३ः१६–१७

ज्ञट “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। ज्ञठकिनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।

प्रियहरु परमेश्वरले यो संसारमा भएका सबै मानिसहरुलाई प्रेम गर्नु हुन्छ । संसार भनेको यस पृथ्वीमा वास गर्ने सम्पुर्ण मानिसहरु हुन् । प्रभु येशु कुनै एउटा विशेष जात वा धर्म मान्नेको लागि मात्र बलिदान हुनुभएन तर सम्पुर्ण मानव जातिको उद्धारको निम्ति बलिदान हुनुभयो । परमेश्वरले कोही मानिस नाश भएको देख्न चाहनुहुन्न तर सबैले अनन्त जिवन पाएको चाहनुहुन्छ । किनकी मानिस जाति इश्वरको स्वरुपमा बनिएको छ । हामी उहाँका हातका सृजना हौ र उहाँले सबैलाई प्रेम गर्नुहुन्छ । समस्या त्यतीखेर बाट सुरु हुन्छ जब हामी अरुलाई तुच्छ देख्न थाल्छौ र आफुलाई धर्मी देख्न थाल्छौ । हो हामी प्रभु येशुको अनुग्रहले धर्मी भएका छौ तर यसको अर्थ अरुलाई अधर्मी र दुष्ट देख्ने भन्ने होईन । हामीले हरेक व्यक्तिलाई परमेश्वरको नजरले देख्न सकौ । यदि परमेश्वरले संसारलाई दोषी ठहराउन चाहानुहुन्न भने तपाई र म को हौ जसले अरुलाई दोषी ठहराउछौ । परमेश्वरले संसारमा भएका असल र खराब सबै मानिसलाई प्रेम गरेको कारण सबैलाई समान व्यवहार गर्नुहुन्छ । वाइबलमा लेखियको छ उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ। यदि हामीले परमेश्वरको बलिदान र उहाँले संसारलाई गरेको प्रेम बुझ्यौ भने हामीले सामाजिक सदभाव विग्रने कुनै काम गर्दैनौ । हामीले मानिस संग गर्ने व्यवहार परिवर्तन हुन्छ । जसरी परमेश्वरले मानिसलाई प्रेमको आँखाले हेर्नुहुन्छ त्यसरी हामीले पनि प्रेमको आँखाले हेर्न थाल्छौ ।

३. हरेक विश्वासीले सामाजिक सदभाव राख्नुपर्छ किनकी हामी यो संसारमा प्रभुको मिसन पुरा गर्न आएका छौ ।

मत्ति २८ः१९

१९ यसकारण जाओ,र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउंमा तिनिहरुलाई बप्तिष्मा देओ,

मिसन परमेश्वरको ह्रदयको ढुकढुकी हो । मिसनमा परमेश्वरको राज्य विस्तार गर्ने काम हुन्छ । परमेश्वरको राज्य कुनै भौतिक राज्य होइन यो आत्मिक राज्य हो जहाँ प्रभु येशुले हरेकको ह्रदयमा राज्य गर्नुहुन्छ । प्रभु येशुको पहिलो आगमनमा परमेश्वरको राज्यको स्थापना भयको छ । तर प्रभु येशुको दोस्रो आगमनमा उहाँको राज्यले पुर्णता पाउने छ । यो विचको समयमा तपाई र मेरो काम भनेको परमेश्वरको राज्य विस्तार गर्नु हो । प्रभुको राज्य विस्तार गर्न सुसमाचार प्रचार गर्नु पर्दछ । सेवाको काम गर्नु पर्दछ । यि सबै काम गर्नको लागि सामाजिक सदभावको धेरै महत्व रहेको छ । यदि हामीले समाजमा शान्ति र मेलमिलाप कायम गर्न सकेनौ भने मानिसले हामीलाई हेर्ने दृष्टिकोण राम्रो हुदैन । प्रभुको मिसन पुरा गर्न मानिसको अगाडी उदाहरणिय जिवन जिउनु पर्छ । समाजमा दोन्द्ध निम्त्याएर, अनावश्यक विवाद गरेर हामी परमेश्वरको राज्य विस्तार गर्न सक्दैनौ । तर सुसमाचारको बाधक बन्दछौ । त्यसकारण प्रभुको मिसन पुरा गर्नलाई पनि हामीले सामाजिक सदभाव राख्नुपर्छ ।

निष्कर्ष

यो लेख मार्फत मैले भन्न खोजेको मुख्य कुरा हरेक विश्वासीले सामाजिक सदभाव राख्नुपर्छ भन्ने नै हो । त्यसैले हामी भन्दा फरक आस्था र विचार भएका मानिसलाई स्वीकार गरौ र वादविवाद नगरी एक अर्कामा शान्तिमा बसौ । सामाजिक सदभाव राख्नुपर्छ भन्दै गर्दा परमेश्वरको वचन र हाम्रो आस्था संग सम्झौता गर्नुपर्छ भनेको होइन । हामीलाई थाहा छ हामी यस्तो समाजमा बसेका छौ जहाँ हाम्रो विश्वासलाई व्यवहारमा काम गर्न दिदा थुप्रै चुनौतिका पहाडहरुको सामना गर्नु पर्छ । तर पनि बडो बुद्धिमताको साथ समाजमा सामाजिक सदभाव राखेर समाजमा आदर प्राप्त गर्न सक्यौ भने परमेश्वरको राज्य विस्तारमा सहजता हुन्छ । सामाजिक सदभाव राखेर समाजमा शान्ति बनाइराख्यौ भने त्यस्ले परमेश्वरको महिमा हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button