सि.बि गहतराजको अभिव्यक्तिप्रति वीरबहादुर तामाङको असहमती
असोज १० ।।ललितपुर
राष्ट्रिय खीष्टियन महासंघ नेपालका अध्यक्ष चरी बहादुर गहतराज (सि.बी)ले २०८० असोज ९ गते मंगलबार पत्रकारसँग गरेको कुराकानीमा आफ्नो नाम जोडेर दिएको अभिव्यक्तिप्रति नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रिय सचिव रेभ. पा.वीरबहादुर तामाङले असहमती जनाउनुभएको छ ।
महासंघका अध्यक्ष चरी बहादुर गहतराजले मंगलबार नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष रेभ. हनोक तामाङसँग कार्यगत एकता गर्न नसकिने तर वीरबहादुर तामाङ अध्यक्ष भएमा कार्यगत एकता र सहकार्य गर्न सकिने अभिव्यक्ति दिनुभएको थियो ।
अध्यक्ष गहतराजले दिएको अभिव्यक्तिमा प्रेस विज्ञप्ति मार्फत नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रिय सचिव तामाङले असहमती जनाउनुभएको छ ।
‘गहतराजका निजी विचारहरू भएका हुनाले ती कुराहरूमा समेत मेरो कुनै सहमति र संलग्नता नभएको हुनाले त्यसमा मेरो नाउँ जाडेर भ्रामात्क समाचारहरू नबनाउन र समाजमा भ्रम नफैलाउन’ विरबहादुर तामाङले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।