सुरु भयो बि.एन.सिए को दशौँ शिखर सम्मेलन
असार १५ (२०८०) अमेरिका
भुटनिज नेपलिज चर्चेज अफ अमेरिका (बि.एन.सिए) को दशौँ शिखर सम्मेलन यो वर्ष अमेरिकाको ओहायो राज्यमा सुरु भएको छ ।
भुटनिज नेपाली भाषि मण्डलीहरुको सबै भन्दा पुरानो र ठूलो छाता संघठन बि.एन. सिए को दशौँ शिखर सम्मेलन जुन २९ बाट सुरु भएको छ भने यो शिखर सम्मेलन जुलाई १ सम्पन्न हुनेछ ।
तीन दिन चल्ने यस शिखर सम्मेलनकोलागि प्रमुख बक्ताहरु पास्टर फिलिप थापा ओहायोबाट, डा.अलोक सुनुवार सिकाकोबाट, पास्टर त्रिशा मगर जर्जियाबाट र पास्टर सुरेन्द्र राई क्यानाडाबाट रहनुभएको छ ।
वर्षमा एक पटक आयोजना गरिने बि.एन सिए शिखर सम्मेलनले अमेरिकामा रहेका भुटनिज नेपाली मण्डलीहरुलाई एकतामा डो¥याउन मद्धत गर्नेगर्छ ।
प्रत्येक वर्षको एक पटक आयोजना गरिने शिखर सम्मेलनले अमेरिकाको विभिन्न क्षेत्रमा रहेका भुटनिज नेपाली मण्डलीका पाास्टर ज्यूहरुको भेट गराउँछ ।
विभिन्न काम र व्यस्तताको कारण भेटघाट गर्ने अवसर नमिलेको बेला बि.एन.सिए शिखर सम्मेलनमा सहभागी भएर परमेश्वरसँगको संगतिमा आनन्दित हुनुहुन्छ । शिखर सम्मेलनले एकअर्कासँग भेटघाट सहित एकअर्काको निम्ति प्रार्थना गर्ने अवसर जुराउँछ ।