सुसमाचारीय म्यूजिक भडियो “बेला छँदै आउ ” सार्वजनिक भएपछि दर्शकले रुचाउँदै

काठमाण्डौं, २२ वैशाख ः “बेला छँदै आउ” नेपाली ख्रीष्टियन म्यूजिक भिडियो सिवा ब्रदर अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएपछि दर्शकहरुले रुचाएका छन् ।
शनिबार सार्वजनिक भएको उक्त म्यूजिक भिडियोलाई दर्शकहरुले रुचाएको म्यूजिक भिडियोका निर्देशक विरेन तितुङले जानकारी दिनुभएको छ ।
नेपालको ख्याति प्राप्त कलाकार सुरवीर पण्डित “दारी बा” र रामचन्द्र अधिकारी “काजी साप” ले उक्त म्यूजिक भिडियोमा अभिनय गरेपछि दर्शकहरुले झन रुचाएका छन् ।
ख्याती प्राप्त कलाकारहरुले ख्रीष्टियन म्यूजिक भिडियोमा अभिनय गरेको भन्दै सामाजिक सञ्जालमा केही व्यक्तिहरुले आलोचना गरेका छन् ।
कलाकारको कला कुनै पनि धर्म र जातिको नहुने भएकाले आलोचना गर्नुको औचित्य नरहेको निर्देशक बिरेन तितुङको भनाई छ ।
राष्ट्रका कलाकारको पेसाको कदर गर्दै सबै धर्म, जाति समुदायलाई सम्मान गर्दै आफ्नो कला प्रस्तुत गर्ने अधिकार रहेको कतिपयले सकारात्मक टिप्पनी समेत सामाजिक सञ्जालमा टिप्पनी गरेका छन् ।
नेपाली समाजलाई उदृत गर्दै सुसमाचारमा केन्द्रित गीतको शब्द रचना अनिल सिवा रहनुभएको छ ।