सुसमाचार प्रचारक रेशमराज पौडेलको निधन, अन्तिम श्रदाञ्जली सभा आइतबार हुने

बैशाख, २० पोखरा ।।
नेपाल सुसमाचार केन्द्रका संस्थापक रेशमराज पौडेलको ८२ वर्षको उमेरमा निधन भएको छ । आज बिहिबार दिउँसो २ः३० बजे आफ्नै निवास पोखरामा उहाँको निधन भएको हो ।


पोखरेली इसाई समाजका अध्यक्ष पास्टर रामप्रसाद शर्माका अनुसार उहाँको प्राथिव शरीरको अन्तिम श्रदाञ्जलीसभा आइतबार बिहान १० बजे नयाँ गाउँ चर्च पोखरामा हुनेछ ।


नेपालमा सुसमाचर र मण्डली स्थापनामा सुसमाचार प्रचारक रेशमराज पौडेलको महत्वपूर्ण योगदान रेहको छ । देशमा राजनीतिक परिवर्तनसँगै रेशमराज पौडेल, सुसमाचार प्रचार गरेको आरोपमा हिरासत समेत जानु परेको थियो ।


रेशमराज पौडेल झोलामा सुसमाचारीय पत्रिका बोकेर पञ्चायतकालमा विभिन्न जिल्लाको गाउँहरुमा गएर सुसमाचार सुनाउँनुहुन्थ्यो र उहाँले मानिसहरुलाई सकारात्मक सन्देश दिने गर्नुहुन्थ्यो ।


नयाँ गाउँ चर्च पोखराका संस्थापक समेत रहनुभएको रेशमराज पौडेलले आफ्नो जीवनकालमा देशभरीका लाखौँ मानिसहरुलाई सुसमाचार सुनाउने र चेला बनाउने कार्य गर्नुभएको छ । पोखरेली इसाई समाजका अध्यक्ष रामप्रसाद शर्मका अनुसार, उहाँ एक प्रेरणाका स्रोत हुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button