सेवकाइको लागि अभिषेक कार्यक्रम

काठमाण्डौं–२७ पुस ।। ललितपुरको राइज एशिया फेलोशिपको सेवकाईको पास्टर तथा अगुवाहरुको अभिषेक भएको छ ।


आज शनिबार राईज एशिया फेलोशिप चर्चमा कार्यक्रम गरी पास्टर, अगु्वा डिकन, डिकनेश र अगुवाहरुलाई सेवाकाइको लागि अभिषेक गरिएको हो ।


सेवकाईको लागि अभिषेक हुनेहरुमा भरत/कल्पना अधिकारी सह–पास्टर, एज्रा गोपाल ढंगेल एल्डेर, जोसेफ/ आरती क्षेत्री अधिकारी, युवा पास्टर तथा आराधना अगुवा, सोनाम शेर्पा/ मुगा शेर्पा, डिकन र डिकनेसमा अभिषेक हुनुभएको छ । त्यसैगरी अगुवाहरुमा राजमती महर्जन(ठकुरी)/कर्नेलियस बश्याल, मोजेश राई, जनक राई, दानिएल सञ्जीव तामाङ अभिषेक रहनुभएको छ ।


अभिषेक कार्यक्रममा परमेश्वरको बचन र अभिषेकको प्रार्थना रेभ. पास्टर शमूयल सोदेम्बाले गर्नुभएको थियो । अभिषेक जनहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । सेवकाइको लागि अभिषेक संगै राइज एशिया फेलोशिपको १० वार्षिकोत्सव पनि मनाईएको छ ।


राईज एशिया फेलाशिपको १० औँ वार्षिकोत्सव कार्यक्रममा नेपाल ख्रीष्टियन समाजका महासचिव राजेन्द्र मल्ल, पास्टर फिलिप सुवेदी, पास्टर प्रेम कृष्ण महर्जन , पास्टर गाविन्द खतिवडा लगायतका पास्टर ज्यूहरुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालक पा. यम तामाङ र पास्टर बिरु घिसिङले गर्नुभएको थियो भने सबै कार्यक्रम पश्चात स्थानीय चर्चका पास्टर गब्रियल अधिकारीले सहभागी सबैलाई धन्यवाद सहित अन्तिम प्रार्थना गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button