हिंसा समस्याको समाधान होइन भन्दै दसौँ हजार इजरायली सडकमा निस्किए

काठमाण्डौं, १० चैत्र । इजरायली प्रधानमन्त्री नेतन्याहूको आदेशमा गाजामा गत हप्तादेखि ध्वंसात्मक आक्रमण भइरहेको विरोधमा इसराइली नागरिकहरू सडकमा निस्किएका छन् ।
शनिबार रातको समयमा उपस्थित भएका हजारौं मानिसहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए । उनीहरूले सरकार विरोधी नाराबाजी पनि गरेका छन् ।
सन् २०२३ को अक्टोबर ७ यता पटक–पटक इसराइलीहरू युद्धलाई प्राथामिकता नदिन भन्दै सडकमा निस्किएका थिए र सरकारको विरोध गरेका थिए । सरकारले युद्धलाई प्राथामिक दिएको नागरिकको गुनासो रहेको छ । बार्तामा गएर समस्याको समाधाना गर्नुपर्ने नागरिको आग्रह छ ।
आफ्नै सरकारविरूद्ध इसराइलीहरू आन्दोलित हुनुपर्ने अवस्थाको मुख्य कारण हो–हमासले गजामा बन्धक बनाएर राखेका इसराइलीहरू अक्टोबर ७ मा हमासले १ हजार २ सय जनाको हत्या गरी २४९ जनाभन्दा बढीलाई इसराइलबाट बन्धक बनाएर गाजा पु¥याएको थियो ।
त्यसको बदलामा इसराइलले लगातार आक्रमण गर्दै आइरहेको छ । इसराइलीहरूले भने आक्रमणमा भन्दा हमासले कब्जामा राखेको इसराइलीहरूलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने माग राख्दै आएका छन् ।
यसअघि युद्ध सुरू भएको ४८ दिनपछि युद्धविराम भएको थियो। त्यतिबेला १०५ जना बन्धकहरू हमासले छाडेको थियो। युद्धविराम भाँडिएर इसराइलले पुनः गजामा आक्रमण थालेपछि त्यतिबेला पनि हजारौं मानिसहरू प्रदर्शनमा उत्रिएका थिए ।
यसपालि तीन चरणमा युद्धविराम हुने भनेर पहिलो चरणको युद्धविराम जनवरी १९ मा सुरू भएको थियो ।
पहिलो चरणमा हमासले ३३ बन्धक रिहा गर्ने र इसराइलले त्यहाँका जेलमा रहेका झन्डै २ हजार प्यालेस्टिनीहरूलाई कैदमुक्त गर्ने सम्झौता थियो। पहिलो चरणको युद्धविरामबीच दोस्रो चरणको युद्धविरामबारे छलफल अगाडि बढाउने भन्ने थियो ।
दोस्रो चरणमा गजाबाट इसराइली सेना हट्ने र मृत्यु भएका बन्धकहरूको शव हमासले इसराइलको जिम्मा लगाउने भन्ने सम्झौता थियो ।
त्यसपछि तेस्रो चरणको युद्धविराममा गजामा पुनः निर्माणको अभियान थाल्ने भन्ने थियो ।
तर पहिलो चरणको युद्धविराम सकिएपछि दोस्रो चरणको सुरू गर्न मध्यस्तकर्ताहरूले सहमति जुटाउन सकेनन् ।
त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूवै दूत स्टिभ विटकोफको प्रस्तावमा गजामा पहिलो चरणकै युद्धविराम अवधि थप ४२ दिन लम्ब्याउने र बन्धक र कैदी आदानप्रदान गर्ने प्रस्ताव राखेको थियो ।
उक्त प्रस्तावलाई इसराइलले सहजै स्वीकारेपनि हमास तयार भएन। त्यसपछि थालेको हो इसराइलले गजामा हमासलक्षित आक्रमण ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गजामा अझै ५९ जना बन्धक हमासको नियन्त्रणमा छन्। इसराइलले आकाश र जमिनबाट अन्धाधुन्ध आक्रमण गर्दा उनीहरूमा खतरा हुन सक्ने डर इसराइलीहरूमा छ ।
यही ४२ दिनको युद्धविराममा हमासले ८ जना बन्धक मृत्यु भएको अवस्थामा इसराइललाई सुम्पेको थियो। जिवित रहेकाहरुको सुरक्षित फिर्तिका लागि पहल गर्नुपर्नेमा अन्धाधुन्ध रकेट र बम हानेर मात्रै समस्या समाधान नहुने भन्दै इसराइलीहरू सडकमा उत्रिएका हुन् ।
हबिमा स्क्वायरको मञ्चको ठूलो स्क्रिनमा डिजिटल अक्षरमा देखाइएको थियो – उनीहरूलाई घर ल्याऊ । नेतान्याहू सक्षम छैनन् लगायतका नारा ।
प्रधानमन्त्री नेतन्याहूले गुप्तचर संस्था शिनबेटका प्रमुख रोनेन बार र महान्यायाधीवक्ता गलि बहाराव मियारालाई पदबाट हटाएपछि पनि विरोध ठूलो रूप लिएको हो भनेर टाइम्स अफ इसराइलले लेखेको छ ।
हजारौंको भिडमा इसराइली झन्डा फहराइएको थियो भने बीच–बीचमा विपक्षी वामपन्थी दल र डोमोक्र्याटिकका झन्डा र ब्यानर देखिएको थियो ।
हजारौंको भिडलाई ती दुई पार्टीका प्रमुखहरू यायर लापिड र यायर गोलानले सम्बोधन गरेका थिए ।
’इसराइलमा गृहयुद्ध सुरू हुने परिस्थिति निम्त्याउन नेतन्याहू उद्वत छन्,’ सम्बोधनका क्रममा लापिडले चेतावनी दिँदै भनेका थिए ।