हिन्दु अनुयायीहरुले इटहरीमा गरे प्रदर्शन
भदौ ९, सुनसरी ।।
हिन्दु धर्ममा आस्था राख्ने अनुयायीहरुले आज सुनसरीको धरान छिर्ने विभिन्न नाकामा पर्दशन गरेका छन् । धरानमा भएको गौहत्याको विषयलाई लिएर इटहरीमा पनि प्रदर्शन गरेका छन् ।
इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गर्र्दै सरकारलाई ख्रीष्टियन सरकार, धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङलाई ख्रीष्टियन हर्के भन्दै नाराबाजी गरेका छन् ।
प्रदर्शनपछि इटहरीको उत्तर तरहरास्थित धरान जाने सडक अहिले सुनसान छ । हिजो राती १२ बजेदेखि आज शनिबार राति १२ बजेसम्म धरानमा निषेधाज्ञा घोषणा गरिएको छ । तर धरान प्रवेश मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
तस्बिर ः रातोपाटी