हिमालयन चर्च डोल्पाले मनायो २५ औँ रजत महोत्सव

कात्तिक, (डोल्पा)
हिमालयन चर्च डोल्पाले चर्च स्थापना भएको २५ वर्ष पुगेपछि रजत महोत्सव मनाएको छ ।


कर्णाली प्रदेशस्थित हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ जिउँ गाउँमा स्थापित नेपाल इसाई मण्डली हिमालयले विहिबार २५ औँ रजत महोत्सव मनाएको हो ।

हिमालयन चर्च डोल्पाको चर्च भवन २०५४ सालमा स्थापना भए पनि पास्टर तुलबिर धरलाको परिवारले पञ्चायतकालको समयमा परमेश्वरमा विश्वास गर्नुभएको थियो । परमेश्वरमा विश्वास गरेकै कारण सतावटको सामना गर्नु परेको पास्टर तुलबीर धरला बताउनुहुन्छ ।


हाल हिमालयन चर्च डोल्पाको शाखा चर्चहरु डोल्पाका विभिन्न ठाउँहरुमा सञ्चालित छन् । हिमालय चर्च डोल्पाको हाल आफ्नै चर्च भवन छ र २०० भन्दा बडि सदस्यहरु मिलेर संगति गर्दै आउँनुभएको छ ।


ख्रीष्टियन समुदायलाई डलरको आरोप लगायता पनि हिमालय चर्च भने प्रदेश सरकार, स्थानीय सरकार र मण्डलीका सदस्यहरुको सहयोगबाट निमार्ण भएको हो । आफ्नै चर्च भवन बनेपछि संगति गर्नको लागि सजिलो भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button