हे मेरो येशू हे मेरो प्रभु हे मेरो सहारा
©️ एन्.पी खतिवडा
झ्याउरे छन्द
हे मेरो येशू हे मेरो प्रभु हे मेरो सहारा
तपाईं बिना जीवन मेरो लिदैन आकार
हे मुक्तिदाता तारणहार सुनन पुकार
तपाईं बिना कसैको पनि हुदैन उध्दार
मिल्दैन मुक्ती धर्म र कर्म गरेर कहिले
बाटो र सत्य जीवन चिनौं बुझेर अहिले
पापको क्षमा सजिलै मिल्छ येशूको नाउँमा
स्विकार्दै गल्ती आउनु पर्छ उनैको सामुमा
सत्यता सधैं अभाव हुन्छ पाउन गाह्रो छ
सजिलो छैन खीष्टको सामु आउन सारो छ
तैपनि येशू दयाका खानी प्रेमले अंगाल्छन्
गरेर क्षमा सबैको दोष उनैले संभाल्छन्
निस्वार्थ छ है ख्रीष्टको प्रेम सुनन सबैले
पाउन प्रेम आले र टाले नगरौं कसैले
पापको बलि बनेर स्वयं क्रुशैमा झुन्डिए
उध्दार गर्न सबैका लागि प्राण त्यो सुम्पिए
सुनन दाजु सुनन बैनी सत्यको सन्देश
तयार पार हृदय सदा नगर बन्देज
वचन सुनौं पालना गरौं समय छँदानै
पछुतो होला बिचार गरौं उमेर हुँदा नै