१३ औँ अन्तर मण्डली टुर्नामेन्ट उपाधी अनुग्रह मण्डलीलाई
ललितपुर, ६ जेठ //अन्तर मण्डली फुटबल टुर्नामेन्ट २०२४ को उपाधी अनुग्रह मण्डली सामाखुसीलाई प्रदान गरिएको छ ।
नेपाल स्पोर्ट्स फेलोसिपद्वारा आयोजित १३ औँ अन्तर मण्डली फुटबल टुर्नामेन्ट २०२४ अन्तिम प्रतिस्पर्धापछि प्रथम भएको अनुग्रह मण्डली सामाखुसीलाई प्रदान गरिएको हो ।
शनिबार एन्फा कम्प्लेस सातदोबाटोमा सम्पन्न टुर्नामेन्टको अन्तिम खेलमा अनुग्रह मण्डली सामाखुसी र बिलिभार्स इस्टर्न मण्डली बिच प्रतिस्पर्धा रहेको थियो ।
अन्तिम खेलमा बिलिभर्स मण्डलीले १ गोल गरेको थियो भने अनुग्रह मण्डली सामाखुसीले २ गोल गर्दै प्रतियोगिताको च्याम्पियन हुन सफल भएको थियो ।
प्रतियोगितामा १८ वटा मण्डलीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिकोरुपमा एन्फाका महासचिब किरण राई र नेपाल फुटबल प्लयेर्स एसोसेसनका अध्यक्ष बिक्रम लामा रहनु भएको थियो ।
उक्त फाइनल खेलमा दर्शकहरुको बाग्लो उपस्थित रहेको थियो भने प्रमुख अथितिबाट प्रथम स्थान हासिल गर्ने अनुग्रह मण्डलीलाई नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र ट्रफी हस्तणतरण भएको थियो ।
त्यसैगरी दोस्रो स्थान हासिल गर्ने विलिभर्स इस्र्टन चर्चलाई रु २५ हजार नगद सहित प्रमाणपत्र मेडल र ट्रफी हस्तान्तरण गरिएको छ ।
अन्तमा नेपाली इसाई जगतमा सुसमाचार र मण्डली स्थापनामा अतुलनीय योगदान पु¥याएका रेशमराज पौडेल, योहान मेट्रोपोलिटन र रेभ.डा.एडोंन रोंगगोंगको निधनप्रति दुःख व्यक्त गर्दै उहाँहरुको परिवारमा शान्तिको निम्ति प्रार्थना समेत गरिएको थियो ।
अन्तर मण्डली खेलकुद प्रतियोगिता आयोजना गर्नुले मण्डलीहरु बीच एकता रहने संस्थाका सचिव प्रकाश प्राखिनले बताउनुभयो । उहाँको अनुसार आउने वर्षहरुमा पनि नेपाल ईस्र्पोट फेलोसिपले अन्य खेलहरुको समेत प्रतियोगिता आयोजना गर्ने बनाई रहेको छ ।